लद्दाखमा चिनियाँ सैनिक थपिएपछि भारत आक्राेशित

Photo : AP
Photo : AP

लद्दाखको सीमामा चिनियाँ सैनिक उल्लेख्य रुपमा तैनाथ भएपछि भारतले आपत्ति जनाएको छ।

लद्दाखमा देखिएको गतिरोध अन्त्यका गर्न चीनसँग १३औं वार्ता गर्न भारत तयारी अवस्थामा थियो। तर पूर्वी  लद्दाखको अधिकांश स्थानमा हाल उल्लेख्य संख्यामा भइरहेको चिनियाँ सैन्य परिचालनको विषय गम्भीर रहेको भारतीय सेनाले जनाएको हो।

विभिन्न समयमा दुई मुलुकबीच झडप भइरहे पनि विगत ६ महिनायता सीमाको स्थिति सामान्य रहेको अवस्थामा पनि ठूलो संख्यामा चिनियाँ सैनिक परिचालन गरिएको भन्दै भारतीय सेनाले आफूहरुको चासो रहेको जनाएको हो।

यद्यपि भारतीय सेना प्रमुख मनोज मुकुन्द् नरवणेले अहिले अवस्था नियन्त्रणमा रहेको बताएका छन्। साथै चीनको हरेक गतिविधिको आफूहरुले सुक्ष्म अनुगमन गरिरहेको नरवणेको भनाइ छ।

लद्दाखको भूमिको विषयमा चीन र भारतबीचको गतिरोध वर्षौदेखि जारी छ। पछिल्लो पटक गत वर्षको जुनमा भएको झडपको क्रममा २० भारतीय सैनिकको मृत्यु भएको थियो।


 

प्रकाशित मिति: : 2021-10-02 20:05:00

प्रतिकृया दिनुहोस्