अछाममा उच्च रक्तस्रावले गर्भवतीको मृत्यु

File Photo
File Photo

उच्च रक्तस्रावका कारण अछाममा एक गर्भवतीको मृत्यु भएको छ।

तुर्माखाँद गाउँपालिका-१ रहफकी पूर्णकला विकको शुक्रबार मृत्यु भएको रहफ स्वास्थ्य चौकीका अनमी गीता लम्सालले जानकारी दिइन्। नौ महिने गर्भवती विकलाई बिहीबार साँझ प्रशवपीडा भएपछि स्वास्थ्य चौकी लगिएको थियो। उनले बच्चा पनि जन्माउन सकिनन्।

उच्च रक्तस्रावले उनकाे मृत्यु भएको स्वास्थ्यकर्मीले बताएका छन्। भौगोलिक विकटताका कारण समयमै सुविधा सम्पन्न अस्पताल पुर्‍याउन नसक्दा उनको मृत्यु भएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए। 

प्रकाशित मिति: : 2021-10-02 07:54:00

प्रतिकृया दिनुहोस्