कांग्रेस कार्यकर्ताले माओवादीलाई भोट हाल्दैनन्, कांग्रेस एक्लै चुनावमा जान्छः पूर्वमन्त्री पुन [भिडियाे]

Breaknlinks
Breaknlinks

नेपाली कांग्रेस रोल्पाका सभापति तथा पूर्वमन्त्री अमरसिंह पुनले कांग्रेस–माओवादी गठबन्धन चुनाव अघिसम्म मात्रै भएको बताएका छन्।

नेता पुनले सरकार साझेदार पार्टीहरूबीच चुनावी गठबन्धनको सम्भावना नै नरहेको स्पष्ट पारेका हुन्।

पाँच दलीय गठबन्धन पूर्ववर्ती सरकार विस्थापित गर्नका लागि बनेको तर्क गर्दै पुनले भने, ‘वाम–लोकतान्त्रिक गठबन्धन निवार्चनसम्म जान सकिँदैन। एउटा दलको नेतालाई अर्को दलको नेताले भोट हाल्नुपर्ने सहमति भएको छैन।’

उनले थप्दै प्रश्न गरे, 'एउटा पार्टीकाे कार्यकर्ताले अर्काे पार्टीलाई भाेट हाल्ने पनि सिद्धान्त हुन्छ? गठबन्धन भनेकाे त वैकल्पिक बाटाे हाे।'

सभापति पुनले कांग्रेस राेल्पाका पूर्वसभापतिप्रति गुनासाे गरेका छन्। उनले आफूले नेतृत्व लिएसँगै राेल्पा कांग्रेसमा नयाँ आयाम थपिएकाे पनि दावी गरे।

उनले भने, 'मैले नेतृत्व लिनुअघिकाे राेल्पा कांग्रेसलाई सम्झनुहाेस् त! नेता तथा कार्यकर्ताहरूबीच न छलफल थियाे। न समझदारी र सहकार्य थियाे। न पारदर्शिता थियाे। न पार्टीका गतिविधिहरु समेटिएकाे डकुमेन्ट थियाे, बनाइएका केही डकुमेन्ट पनि नक्कली थिए।'

आफूलाई अन्य पार्टीसँग भन्दा पनि आफ्नै पार्टीका नेताहरुसँग गुनासाे रहेकाे उनले स्वीकाराेक्ति गरे। कांग्रेसकै नेताहरुले नै पार्टीकाे अस्तित्वलाई खतरामा पुर्‍याएकाे उनकाे दुखेसाे छ।

'आफ्नाे पार्टीलाई संरक्षण गर्नुकाे सट्टा नेताहरुले नै पैसा हिनामिना गरेका छन्', उनले भने, 'आफ्नै पार्टीलाई लुट्ने पनि नेता हुन्छन् र ?'

सभापतिजस्ताे जिम्मेवार व्यक्तिले लापरवाही गर्न नहुने उनकाे तर्क छ। 'म त सुत्दा, उठ्दा, हिँड्दा, खाना खाँदा तथा जस्ताे परिस्थितिमा पनि कांग्रेस सुदृढिकरणकाे सपना देख्छु', उनले भने, 'पार्टीले शक्ति सञ्चय गर्न अरूसँग गठबन्धन गर्ने हाेइन, एक्लै हिँड्नुपर्छ।'

लुम्बिनीकाे सबै जिल्लाका कांग्रेस नेताहरूकाे साथमा प्रदेश सभापतिमा प्रस्तावित भएकाे पनि उनले जानकारी दिए। आफ्नाे नेतृत्वमा प्रदेशकै कांग्रेसलाई नयाँ रुप दिने उनकाे प्रतिबद्धता छ।

यसैबीच उनै पूर्वमन्त्री अमरसिंह पुनलाई बिएल नेपाली सेवाले केही जिज्ञासाहरू राखेकाे छ–

प्रकाशित मिति: : 2021-11-22 06:36:00

प्रतिकृया दिनुहोस्