यूपीमा योगी राजः प्रहरीद्वारा युवकको हत्या, पीडितमाथि राजनीति

Photo - aajtak
Photo - aajtak

भारतको उत्तरप्रदेश प्रहरीमाथि नागरिक हत्याको आरोप लागेपछि मुख्यमन्त्री योगी आदित्यनाथ आलोचनाका प्रमुख पात्र बनेका छन्। प्रहरीद्वारा हत्या गरिएका व्यक्तिको ‘परिवार लक्षित’ राजनीतिसमेत हावी भइसकेको छ।

भारतीय समाजमा उत्तरप्रदेश फोहोरी राजनीतिको बिम्ब नै मानिन्छ। विश्वभरका प्रायः नेताहरू मृतकको घरमा पुग्छन् र परिवारका सदस्यलाई सहानूभुति दिन्छन्।

घटनापछि मुख्यमन्त्री योगीले मृतककी पत्नीलाई आफूकहाँ ल्याउन सुरक्षाकर्मीलाई उर्दी गरे। जसको पति राज्यले मारिदियो, ऊ नै राज्यका नाइकेलाई भेट्न उसकै कार्यालयमा जानुपर्ने, त्यो पनि पीडित।

मुख्यमन्त्री योगीको घिनलाग्दो राजनीतिप्रति सामाजिक सञ्जालमा तीव्र आलोचना छ। उनीमात्रै होइनन्, यूपीकै पूर्वमुख्यमन्त्री अखिलेश यादव मृककी पत्नी ‘मिनाक्षी गुप्ता’लाई भेट्न हतार–हतारमा निवास पुगे। तर यूपी प्रहरी योगीका लागि तैनाथ थियो, बाहिर। दुई समूहबीच कसले पहिला भेट्ने भन्ने विषयमा हङ्गामा भएको भारतीय मिडिया जनाउँछन्।

प्रहरी रोकतोकका बाबजुद समाजवादी पार्टीका नेतासमेत रहेका यादव मिनाक्षीसम्म पुगे र फोटो खिचाई सामाजिक सञ्जालसम्मै बाँडे। यो पछिल्लोपल्ट यूपीमा देखिएको ताजा दृश्य हो।

भारतभर चर्चामा रहेको मनिष हत्याकाण्ड–
कानपुरका मनिष गुप्ताको गोरखपुरमा हत्या गरियो। हत्याको आरोप अरू कसैप्रति नभई नागरिकको सुरक्षा जिम्मा लिने प्रहरीमाथि नै लागेको छ।

३५ वर्षीय गुप्ता निकटसाथीहरूसँग घुम्नका लागि गोरखपुर पुगेका थिए। मनिष र उनका साथी प्रदीप एक होटलमा बसेको अन्य साथीहरू बताउँछन्।

होटल चेकिङ्गका लागि प्रहरी जवानहरू रातको समयमा होटल छिरे। होटलको कोठासम्मै पुगेको प्रहरीले मनिषका साथी प्रदीपलाई परिचय–पत्र देखाउन आग्रह गर्यो। तर प्रदीपले उल्टै प्रहरीमाथि प्रश्न गरे– राति साढे १२ बजे के–का लागि चेकिङ्ग हो? के हामीहरू आतंकवादी हौँ? प्रदीपको आक्रोशलगतै प्रहरीले उनीहरूमाथि थप्पड मार्न थाले। मनिष र प्रदीपलाई प्रहरीले अमानवीय ढंगले कुटपिट गरेको परिवारका सदस्यहरूको आरोप छ।

जवानहरू कोठा छिरेको क्षणभरमै रगतमा मुछिएका मनिषलाई बाहिर निकालियो। प्रहरीले नै उनलाई तत्काल अस्पताल पुर्याए। तर उनको मृत्यु भइसकेको थियो।

अपराधी भएको सूचना प्राप्तपछि होटलमा पुगेको गोरखपुर प्रहरीका एसएसपी विपिन टाडाले भिडियोमार्फत् दावी गरेका छन्। प्रहरी देखेर भाग्दै गर्दा मनिषको मृत्यु भएको प्रहरीको भनाई छ।

प्रकाशित मिति: : 2021-10-01 12:37:00

प्रतिकृया दिनुहोस्