बिएल संवाददाता
आजभन्दा १० वर्षअघिको समयसम्म पुग्ने हो भने, मानिसका गतिविधिहरु सामान्य नै थियो। मानिसका जीवन शैली लगभग एउटै हुन्थ्यो।
मनोरञ्जनका क्षेत्रहरु सीमित थिए। तर प्रविधिले त्यो समय ह्वात्तै परिवर्तन भइसकेको छ। मानिसले मनोरञ्जन लिने क्षेत्रहरु प्रशस्त छन्।
मानिसले मनोरञ्जनका लागि यूटुब, वेवसाइट तथा विभिन्न एपहरुमार्फत् गीत, चलचित्र तथा सिरिजहरु आफ्नो चाहनाअनुसार सजिलै हेर्न सक्छन्।
यहीपछि पछिल्लो समय पोनोग्राफीका कलाकार र दर्शकहरु पनि तिव्र रुपमा बढिरहेका छन्। भलै, मानिसहरु पोनोग्राफीलाई केवल यौन सम्बन्धसँग मात्र जोड्छन्।
वास्तवमा विश्वभरको पोनोग्राफीको क्षेत्र र व्यवसायलाई हेर्ने हो भने निकै छिटो फड्को मारिरहेको देखिन्छ। त्यसो त, कुनै चलचित्र वा गीतजस्तो पोनोग्राफीलाई परिवारसँगै हेर्न भने असम्भव नै छ। पोनोग्राफीका दर्शकहरु प्राय गुप्त रुपमा वा वैयक्तिक रुपमा यसबाट आनान्द उठाउन खोज्छन्।
पोनोग्राफीलाई एसियामा भने 'ब्लू फिल्म'ले नामाकरण गरिन्छ। अझै यो शब्द दक्षिण एसियामा बढी प्रयोग भएको पाइन्छ। 'पोनोग्राफी' वा 'ब्लू फिल्म' भन्नबित्तिकै जो कोहीको मस्तिष्कमा पनि अश्लील भिडियोको परिकल्पना आइहाल्छ, जुन हो पनि।
वास्तवमा विश्वभरमा 'पोनोग्राफी' भनिदा एसियामा यसलाई किन 'ब्लू फिल्म' भनिन्छ भन्नेबोरे प्रायःलाई थाहा छैन।
'पोनोग्राफी'लाई 'ब्लू फिल्म' भन्नुको कारण
इतिहासलाई हेर्ने हो भने, सबैभन्दा पहिले निर्माण भएको पोनोग्राफीको नाम 'ब्लू' थियो। वास्तवमा यो पोनोग्राफी चलचित्रको नाम मात्र थियो। एसियामा यसै पोनोग्राफी चलचित्रको नामबाट यस प्रकारका भिडियो वा चलचित्रलाई 'ब्लू फिल्म'को नाम दिइएको थियो।
अर्को कारण भनेको सुरुवाती दिनमा पोनोग्राफी चलचित्रका ब्यानर र पोस्टरहरुमा बढी निलो कलर प्रयोग गरिएको हुन्थ्यो। अब यहाँ प्रश्न आउन सक्छ कि पोनोग्राफी चलचत्रिको लागि अरु रङ नछानेर किन निलो नै छानियो ?
वास्तवमा मानिसलाई सबैभन्दा बढी आकर्षित गर्ने रङ भनेको रातो र निलो हुन्। तर रातोलाई क्रान्तिको संकेतको रुपमा लिइन्छ। त्यसैले अर्को विकल्प प्रयोग गर्दै निलो रङ छानिएको थियो।
पछिल्लो समय यसको क्षेत्र फराकिलो बन्दै गएसँगै पोनोग्राफी चलचित्रहरुलाई पनि 'ए' ग्रेड, 'बी' ग्रेड, 'सी' ग्रेडमा वर्गीकरण थालिएको छ। वर्गीकरण भने चलचित्रको कथा, कलाकार र छायांकनको आधार हुन्छ।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया