सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकले शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी अधिवेशन अन्त्य गर्न सिफारिस गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिइन्।
प्रदेश प्रमुखले स्वीकृत गरेपछि अधिवेशन अन्त्य हुने छ।