सेयर बजारमा हरियाली, नेप्से परिसूचक ५०.५८ अंकले बढ्यो

फाइल तस्वीर
फाइल तस्वीर

साताको चौथो दिन आज (बुधबार) भने सेयर बजार हरियाली भएको छ। साताको तिनै दिन घटेको बजार बढ्दा लगानीकर्तालाई केहि राहत मिलेको छ। आज व्यापक उतारचढावका बीच बजार हरियाली भएकोे हो।

आज सेयर कारोबार नेप्से परिसूचक ५०.५८ अंकले बढेर २६६५.९३ अंकमा पुगेको छ। आज नेप्से १.९३ प्रतिशतले बढेको हो। त्यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.५८ अंकले बढेर ५०३.४६ बिन्दुमा पुगेको छ।

आज कुल २२९ कम्पनीको ९८ लाख ९४ हजार ४७८ कित्ता सेयर मात्र खरिदबिक्री भएको छ। यसरी हेर्दा लगानीकर्ताहरु होल्ड भएको देखिन्छ। आज ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।

आज कुल १३ उपसमूहमा १३ वटै उपसमूहको सेयर मूल्य बढेको छ। आज फाइनान्स र हाइड्रोपावर समूहको सेयर मूल्य सर्वाधिक बढेको छ।

प्रकाशित मिति: : 2021-09-29 15:12:00

प्रतिकृया दिनुहोस्