सुनको मूल्य घट्यो, चाँदी स्थिर

फाइल तस्वीर
फाइल तस्वीर

आज (बुधबार) सुनको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको हो। आज छापवाला सुन प्रतितोला ८८ हजार ९ सय रुपैयाँ कायम भएको छ। मंगलबार छापवाला सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुन ८८ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार तेजावी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा किनबेच भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार १ सय ५५ रुपैयाँ कायम भएको छ । मंगलबार पनि चाँदी प्रतितोला १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: : 2021-09-29 11:31:00

प्रतिकृया दिनुहोस्