सुरेन्द्र पाण्डेलाई प्रश्न– नेपाललाई डिलमा पुर्‍याएर धकेल्नुभयो, ओलीलाई अहिले संसद् विघटन बेठिक भन्न सक्नुहुन्छ ?

बाह्रखरी

काठमाडौं

नेकपा एमालेमा अहिले १० बुँदे सहमति कार्यान्वयनमा प्रश्न उठिरहेको छ।

यसअघि नेकपा एमालेभित्र देखिएको विवाद अन्त्यका लागि १० बुँदे सहमति गरिएको थियो। सोही सहमति कार्यान्वयनमा अहिले विवाद देखिएको हो। तर दुवै पक्षले यसलाई आआफ्नै ढंगले व्याख्या गरिरहेका छन्।

एमालेका उपाध्यक्ष भीम रावलले सुदूरपश्चिम प्रदेशको इन्चार्ज नपाएकोमा असन्तुष्टि व्यक्त गर्दै आइरहेका छन्। एमालेले उनै रावललाई १० बुँदे कार्यान्वयन गर्ने कार्यदलको संयोजकको जिम्मेवारी पनि दिएको छ। 

त्यस्तै माधवकुमार नेपाललाई छाडेर एमालेमा रहेका नेताहरुलाई ‘कर्नर’मा पारिएको चर्चा पनि हुँदै आएको छ।

प्रस्तुत छ, यिनै विषयमा केन्द्रित रहेर एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाडेसँग बाह्रखरीका लागि कुञ्जरमणि भट्टराईले गरेको कुराकानीको सम्पादित अंश।

तपाईंहरु १० बुँदे कार्यान्वयन सहमति गरेर एमालेमा नै बस्ने निर्णय गर्नुभयो। केही समयमौ कार्यान्वयनको विषयमा प्रश्न उठ्ने अवस्था कसरी आयो ? 

कतिपय जिल्लामा यसको कार्यान्वयन पनि भइसकेको छ। सबैमा समस्या भन्ने होइन। नेकपा एमालेमा रहेका व्यक्तिहरु पार्टी नै छाडेर आएको अवस्थामा त तिनीहरुलाई नै राख्ने कुरा त आएन ।

प्रकाशित मिति: : 2021-09-28 21:02:00

प्रतिकृया दिनुहोस्