पूर्वी लद्दाखमा भारतीय भूमि चीनद्वारा कब्जा, अस्थायी टेन्ट राखेर हजारौँ चिनियाँ सैनिक तैनाथ 

Photo : PTI
Photo : PTI

पूर्वी लद्दाखस्थित सीमाक्षेत्रमा चीन–भारतबीचकाे विवाद पुनः सतहमा आएको छ।

चिनियाँ सैनिकले वास्तविक नियन्त्रण रेखा (एलएसी) नजिकै नयाँ अस्थायी टेन्ट बनाएको छ। दुई देशबीचको सीमा विवाद अन्त्य गर्न पटक-पटक वार्ताको प्रयास चलिरहेको बेला चिनियाँ सैनिकले पुनः नयाँ टेन्ट बनाएको हाे।

चीन–भारतबीच पूर्वी लद्दाखस्थित एलएसीबाट दुबै देशका सैनिक फिर्ता गर्ने सहमति नभएको भने होइन।

चिनियाँ पीपुल्स् लिबरेशन आर्मीले उत्तरमा काराकोरमदेखि वहाब, जिल्गा, पियु, हाट–स्प्रिंग्स, चांग ला, ताशिगाङ्ग, मान्जा र चुरुपसम्म सैनिकका लागि पाल बनाएको छ। प्रत्यक्ष स्थानमा ८० देखि ८४ वटासम्म हतियार स्टोरसमेत निमार्ण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

केहि दिनअघि किउला क्षेत्र निषेध गरिएको दावी गरे पनि भारतीय गोठालाहरू पशुसहित देखिएको स्रोतको दावी छ। उनीहरूले यस क्षेत्रमा भारतीय सैनिकको बङ्करसमेत नदेखेको बताएका छन्। लुङ्कुगं, फोबरङ्ग र यूरगो गाउँका स्थानीयहरू कयौँ वर्षदेखि पशु चराउन जाने गरेका छन्।

गतवर्ष अप्रिलमा चिनियाँ सेनाले लद्दाख सीमामा अतिक्रमण गरी हजारौं किलोमिटर भारतीय भूमि कब्जा गरेको भारतीय दावी छ। लगभग १० स्थानमा उत्पन्न भएकाे सीमा विवादमा गोगरा हाइट्स पनि छ।

दुई देशको सम्झौतापछि चीनले केही विवादित ठाउँबाट सैनिक फिर्ता बोलाएको थियो। तर भारतीय सैनिक अझै पनि विवादित १० स्थानमा गश्ती गर्न सकिरहेका छैनन्।

चिनियाँ सैनिकले गोगरा हाइट्स क्षेत्रमा भारतीय व्यापक भूमि कब्जा गरी यसलाई ‘नो जोन’ क्षेत्र बनाएको छ। एकताका भारतीय सैनिकले बनाएका सयौँ बङ्करहरूसमेत चिनियाँ पक्षले ध्वस्त पारेको लद्दाखको चुशुल क्षेत्रका स्थानीयले बताएका छन्।

चिनियाँ सेनाले भारतीय क्षेत्रमा सडक निर्माण गरेर भारतीय नागरिकलाई त्रासमा राखेका छन्। चीन–भारतले पूर्वी लद्दाख नजिकको सीमा रेखामा ५०–५० हजार सैनिक तैनाथ गरेका छन्। चीनले नयाँ हवाई अड्डा र हेलिप्याडसमेत बनाइसकेको छ। जो– लद्दाखदेखि अरुणाचल प्रदेशसम्म फैलिएको पाइन्छ।

भारतीय सेनाले पूर्वी लद्दाख क्षेत्रमा चिनियाँ ड्रोन उडिरहेको देखेको बताए पनि केही गर्न सक्दैनन्। हाँट स्प्रिंग्स र गोगरा हाइट्स सीमाक्षेत्र दुबै पक्षले दावी गरिरहेका छन्।

प्रकाशित मिति: : 2021-09-28 14:11:00

प्रतिकृया दिनुहोस्