तीन दिदी–बहिनी नै एउटै युवकसँग भागेपछि...

भारतको उत्तर प्रदेशस्थित रामपुर– अजीरनगरमा तीन दिदी–बहिनी गाउँकै एक युवकको प्रेम परेपछि उनीहरू परिवारै छाडेर भाग्न बाध्य भएका छन्।

युवकसँग भाग्ने मध्ये दुई जना बालिका हुन् भने अर्की नाबालिका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

स्थानीय प्रहरी चौकीमा यसबारे कुनै उजुरी नपरे पनि सामाजिक सञ्जाल र आम–सञ्चारमा उनीहरूको प्रेम कहानीदेखि पारिवारिक उत्खन्न छ्याप्–छ्याप्ती छ।

ती युवकसँग घरकै तीन दिदी–बहिनी प्रेममा परेको परिवारका सदस्यहरूले थाहा पाएपछि पटक-पटक रोक्ने प्रयास गरेका थिए। सम्बन्धबाट टाढा राख्न विरोध जनाए। धेरैपटक मनाउने प्रयास पनि गरे। तर तीन दिदी–बहिनीलाई परिवारको विराेधले कुनै असर गरेन। र अन्ततः युवकसँग भागेरै छाडे।

गाउँ–समाजमा बदनाम हुने डरले परिवारका सदस्यहरूले हालसम्म प्रहरीमा उजुरी दिएका छैनन्। सकेसम्म उनीहरू यो घटना लुकाउन चहान्छन्। तर पनि आफन्तको माध्यममार्फत् छोरीहरू खोज्ने काम भने भइरहेकाे छ। 

प्रकाशित मिति: : 2021-09-28 08:47:00

प्रतिकृया दिनुहोस्