सुन, चाँदीको मूल्य बढ्यो

File photo
File photo

आज (सोमबार) सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो।

आज छापवाला सुन प्रतितोला ८९ हजार ३ सय रुपैयाँ कायम भएको छ। आइतबार छापवाला सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुन ८८ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार तेजावी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा किनबेच भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १ हजार १ सय ६० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला १ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: : 2021-09-27 11:59:00

प्रतिकृया दिनुहोस्