गर्मी मौसममा इम्युनिटी पावर मजबुत राख्न यसो गर्नुहोस्

File photo
File photo

गर्मी मौसम भन्ने बित्तिकै धेरैजसो मानिसहरुलाई एलर्जी हुने गर्दछ। कसैलाई जाडो मौसम मन पर्दछ भने कसैलाई गर्मी। गर्मी मौसममा विभिन्न प्रकारका रोग लाग्ने खतरा बढ्छ। गर्मी मौसमको समयमा बिच–बिचमा पानी पर्ने हुनाले डेंगु मलेरिया जस्ता गम्भीर प्रकारका गर्मी मौसमको समयमा फूड पौइजन,उल्टी,ज्वारो, इन्फेक्सन जस्ता रोगहरुले सताउने गर्दछ।

रोगहरुले गर्मी मौसममा धेरै मात्रा सताउने गर्दछ। जसले रोग प्रतिरोधात्मक क्षमता र इम्यूनिटी कमजोर गराउँछ। डेंगु मलेरिया वा गर्मी मौसममा आउने अन्य शारीरिक समस्याबाट बच्न सकिन्छ। तर, यसको लागि इम्यूनिटी पावर बलियो बनाउन पर्दछ। इम्यूनिटी पावर बलियो हुँदा जुनसुकै रोगसँग पनि सजिलै लड्न सकिन्छ। तसर्थ इम्यूनिटी बलियो बनाइ राख्नका लागि हामीले केही पेय पदार्थलाइृ आफ्नो डाइटमा समावेश गर्नुपर्दछ। 

टमाटरको जुस : टमाटरको जुस हामी सजिलैसँग घरमै बनाउन सक्छौं। टमाटरको जुस धेरैनै स्वस्थ पेय पदार्थ हो। टमाटरमा भिटामिन सी भरपुर मात्रामा पाइन्छ। जसले संक्रमण हुनबाट रोक्न मद्धत गर्दछ।

स्याउको जुस : दैनिक रुपमा एक गिलास स्याउको जुस सेवन गर्नाले प्रतिरक्षा प्रणालीको मद्धत गर्न सहयोग पर्याउँछ।

तरबुजा : तरबुजाको रस धेरै हाइड्रेटिङ हुन्छ। यसको सेवन गर्नाले इम्यूनिटी बलियो हुन्छ। तरबुजामा भिटामिन ए, सी पाइन्छ जसले शरीरमा हुने विभिन्न संक्रमणबाट बचाउँछ।

अदुवा, लसुन : अदुवा र लसुनको जुसले शरीरको स्वस्थ्य र सुरक्षित राख्न मद्धत गर्दछ। लसुनको जुसले क्यानसर लाग्नबाट रोक्छ।

प्रकाशित मिति: : 2021-09-27 11:44:00

प्रतिकृया दिनुहोस्