हीरा दाहाल (भास्वर)
'म सुन्दर छु'
यो भन्नु अगाड़ि
जनताहरु ऐना हुन्
त्यहाँ तिम्रो अनुहार हेर।
'म ठीक छु'
यो भन्नु अगाडि
जनताहरु सीसीटिभी हुन्
त्यहाँ तिम्रा कर्तूत् हेर।
'सर्वेसर्वा म नै हुँ'
यो भन्नु अगाडि
जनताहरु जरा हुन्
त्यहाँ तिम्रो जीवन हेर।
आकाशमा नाच्न पाएँ भन्दैमा
माटामुनिका जरा नकाट,
जरा काट्नु नै
बुद्धिमत्ता ठान्छौ भने
अरु भन्नु क्यै छैन-
जराबिना खडा भएकाे,
मूर्खस्य नास्त्यौषधी।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया