हीरा दाहाल (भास्वर)
'म सुन्दर छु'
यो भन्नु अगाड़ि
जनताहरु ऐना हुन्
त्यहाँ तिम्रो अनुहार हेर।
'म ठीक छु'
यो भन्नु अगाडि
जनताहरु सीसीटिभी हुन्
त्यहाँ तिम्रा कर्तूत् हेर।
'सर्वेसर्वा म नै हुँ'
यो भन्नु अगाडि
जनताहरु जरा हुन्
त्यहाँ तिम्रो जीवन हेर।
आकाशमा नाच्न पाएँ भन्दैमा
माटामुनिका जरा नकाट,
जरा काट्नु नै
बुद्धिमत्ता ठान्छौ भने
अरु भन्नु क्यै छैन-
जराबिना खडा भएकाे,
मूर्खस्य नास्त्यौषधी।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया