वाइसिएलद्वारा सरसफाई कार्यक्रम सम्पन्न (फोटो फिचर)

कामनपा–१६ का योङ कम्युनिष्ट लिगद्वारा वनस्थलीमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। 

आज विहान वनस्थली चोकदेखि खरिबोटसम्म दुई दर्जन युवासहित माओवादी केन्द्रका नेताहरुले प्लास्टिकलगायत कागज बटुल्दै झाडु लगाएर सरसफाई कार्यक्रम सम्पन्न गरेका हुन्। 

उक्त सरसफाईमा वाइसिएल संस्थापक पूर्वअध्यक्ष तथा पूर्वमन्त्री गणेशमान पुन, महानगर पार्टी कमिटी अध्यक्ष रविन्द्र श्रेष्ठ, अखिल खेलकुद महासंघका अध्यक्ष शिव कोइरलालगायत दुई दर्जन युवाको सहभागिता रहेको थियो। 

वडा–१६ का वाइसिएल अध्यक्ष अनमोल रानाको संयोकत्वमा सम्पन्न भएको सो कार्यक्रममा नेता पुनले युवा नै भविष्यका कर्णधार भएको र देश विकासको हरेक क्षेत्रमा युवाको भुमिका महत्वपूर्ण रहेकाले अब युवा जाग्नपर्ने अवस्था आएको बताएका थिए। 

त्यस्तै स्थानिय व्यवासायी तथा समाजसेवी राजेश श्रेष्ठले सबैले आ–आफ्नो घर, सडक सफाराखेमा सहरको सुन्दरता बढ्ने बताएका थिए।

वाइसिएल अगामी दिनहरुमा पनि सरसफाई, जनचेतना, समाजसेवा जस्ता गतिविधिका लागि निरन्तर अगाडि बढ्ने अध्यक्ष अनमोलको भनाई थियो। 

प्रकाशित मिति: : 2021-09-25 11:37:00

प्रतिकृया दिनुहोस्