बिहिबार, १८ सेप्टेम्बर २०२५

सर्वाधिक धनराशीकाे ईपिएल आजदेखि, उद्घाटनमा ललितपुर र काठमाडौं भिड्ने

photo: bolchhanepal
• • •

एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट प्रतियोगिताकाे चौंथो संस्करण आज (शनिबार)बाट सुरु हुँदैछ।

टियु क्रिकेट मैदानमा हुने ईपीएलको उद्घाटनमा ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स-११ बीच प्रतिस्पर्धा हुँदैछ। खेल अपरान्ह १२:१५ बजे सुरु हुनेछ।

ललितपुरको कप्तानी पहिलाे पटक कुशल भुर्तेलले गर्नेछन्। टिममा श्रीलंकाका ओशाडा फर्नान्डो,सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, भुटानका  रानजुङ्ग मिक्यो दोर्जी र इंग्ल्यान्डका एलेक्स ब्लाके लगायत खेलाडी छन्।

काठमाडौंकाे कप्तानी भने सन्दीप लामिछानेले गर्नेछन्। काठमाडौं टिममा पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी, अफगानिस्तानका रहमानउल्लाह गुर्बाज, सिंगापुरका जनक प्रकाश जस्ता खेलाडी रहेका छन्।

याे संस्करणको ईपीएल आज असोज ९ देखि २३ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले १४ दिनसम्म एकल राउन्ड रोविनअनुसार प्रतिस्पर्धा गर्ने छन्।

यसबाट शीर्ष चार टोली क्वालिफायर चरणका लागि छनोट हुनेछन्। पहिलो र दोस्रो स्थानबीचको विजेता सीधै फाइनलमा पुग्नेछ। उपाधि विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। 

 ईपीएलमा २४ जना विदेशी खेलाडी सहभागी हुँदै छन्। हरेक टोलीमा ४/४ जना विदेशी खेलाडी रहने भएका हुन्। ६ टोलीमा बाँडिने ती २४ खेलाडी ११ देशका छन्।

इपिएलमा आबद्ध विदेशी खेलाडी र टिमका कप्तान:

ललितपुर प्याट्रिओट्स: अजमातुत्लाह ओमार्जाइ (अफगानिस्तान), ओसाडा फर्नान्डो (श्रीलंका), सान्दुन वीराकोडी (श्रीलंका), मिक्यो दोर्जी (भुटान)  कप्तान – कुशल भुर्तेल

काठमाडौं किंग्स-११: शाहिद अफ्रिदी (पाकिस्तान), जनक प्रसाद (सिंगापुर),  रायन बर्ल (जिम्बावे), राहमानुल्लाह गुरबाज (अफगानिस्तान)  कप्तान – सन्दीप लामिछाने

भैरहवा ग्लाडिएटर्स: तमिम एकबाल (बंगालदेश), उपुल थारांगा (श्रीलंका),  धम्मीका प्रसाद (श्रीलंका), शर्भिन मुनिएन्डी (मलेसिया)   कप्तान-  शरद भेषवाकर

पोखरा राइनोज: साहन अरचिगे (श्रीलंका), रिचार्ड लेभी (दक्षिण अफ्रिका), असेला गुणरत्ने (श्रीलंका), केसरिक विलियम्स (वेस्ट इन्डिज)      कप्तान – विनोद भण्डारी

चितवन टाइगर्स: मोहमद शाहजाद (अफगानिस्तान),  करिम जनत (अफगानिस्तान), सिकुगे प्रशन्न (श्रीलंका), विरनदीप सिंह (मलेसिया)  कप्तान – सोमपाल कामी ​

विराटनगर वारियर्स: रायन पठान (क्यानडा), चन्द्रपाउल हेमराज (वेस्ट इन्डिज), सिकन्दर राजा (जिम्बावे), दीलसान मुनावीरा (श्रीलंका)     कप्तान – करण केसी

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!