बढ्दो युरिक एसिडलाई कम गर्न अपनाउनुहोस् यी घरेलु उपाय !

File photo
File photo

कहिलेकाहीँ हातखुट्टाको जोर्नी वा औंला दुख्ने गर्छ। घुँडा चलाउन पनि गाह्रो हुन्छ। यी सबै लक्षणहरू युरिक एसिड हुन सक्छ। जसलाई बेवास्ता गर्दा पछि गएर एउटा ठूलो समस्या उत्पन्न हुन सक्छ।

समय समयमा स्वास्थ्य परीक्षण गर्दा यी सबै समस्याहरू प्रकट हुन्छन् जसले गर्दा समयानुरुप उपचार सम्भव हुन्छ। त्यसैले युरिक एसिडमा बढ्ने क्रम सुरु हुदाँ घरमै उपचार सम्भव हुन्छ।

तर निकै यसउ समस्या निक्कै बढ्यो भन डाक्टरसँग सल्लाह लिनु उचित हुन्छ। युरिक एसिड बढेको महसुस हुदाँ अपनाउन्होस् यस्ता उपाय जसलाई तल दिइएको छ। 

खानामा प्याज लिनुहोस्
यदि तपाईले खाने खानामा प्याजलाई समावेश गर्नुहुन्छ भने यसले युरिक एसिडलाई नियन्त्रणमा राख्छ। त्यसैले प्याजको सेवन फाइदाजनक छ।

प्रशस्त पानी पिउनुहोस् 
पर्याप्त पानी पिउनाले धेरै समस्याहरुबाट छुटकारा पाइन्छ। त्यसमध्ये एउटा हो, बढ्दो युराइड एसिड पनि कम हुन्छ। त्यसकारण पान पिउनु नछोड्नुहोस्।

एप्पल साइडर भिनेगर
एप्पल साइडर भिनेगर तौल घटाउनमा मात्र प्रभावकारी नभई युरिक एसिड कम गर्न पनि प्रयोग गर्न सक्नुहुन्छ।

भिटामिन सी
आफ्नो भोजनमा सुन्तला, अमला जस्ता भिटामिन सी भएका फलहरू समावेश गर्नुहोस्। यसो गर्दा एक वा दुई महिनाभित्र युरिक एसिड सामान्य हुन्छ।

किन बढ्छ युरिक एसिड?

यदि तपाई गलत जीवनशैली र खानपान गर्नुहुन्छ भने तपाई पनि युरिक एसिडको शिकार हुन सक्नुहुन्छ। 

धेरै मधुमेहको औषधि सेवन गर्नाले पनि यस्तो समस्या देखापर्ने गर्छ।

अक्सर महिला धेरै व्रत बस्ने गर्छन्। त्यसको कारण पनि युरिक एसिड हुने गर्दछ। 

रातो मासु, समुद्री खाना, च्याउ, दाल, राजमा, टमाटरलगायत चामलको बढी सेवन गर्नाले पनि यस समस्याबाट ग्रसित हुन सकिन्छ।

क्यान्सर उपचारका लागि प्रयोग गरिने औषधि र पेनकिलरले पनि युरिक एसिड बढाउन सक्छ।

यी कुराबाट टाढै रहनुहोस्

यदि तपाई युरिक एसिड जस्ता समस्याबाट छुटकारा पाउन चाहानुहुन्छ भने पूरै तरिकाले रक्सी पिउने बानी हटाइदिनुहोस्। विशेषगरी बियर त पिउदैँ नपिउनुहोस्। 

धुम्रपान गर्ने बानीले पनि यस्ता समस्यालाई बढवा दिइरहेको हुन्छ। त्यसैले यो समस्याबाट छुटकारा पाउन धुम्रपान नगर्नुहोस्।

चामल, अचार, फास्ट फुड, कोल्ड ड्रिंक्स, प्याक गरिएको खाना हरेक तरिकाले हानिकारक हुन्छ। त्यसैले जति कम सेवन गर्नुहुन्छ, त्यति नै राम्रो हुन्छ। 

प्रकाशित मिति: : 2021-09-24 11:30:00

प्रतिकृया दिनुहोस्