यी हुन् सबैभन्दा महंगा यौनकर्मीहरु, जाे विदेशसम्म पुगेर एक रातकाे ४० हजार डलर लिन्छन्

Photo : snapwire.co
Photo : snapwire.co

मानिस बाँच्नकाे लागि सास फेर्नुपर्छ। सास फेर्नकाे लागि शरीरमा शक्ति सञ्चय गर्नुपर्छ। शक्ति सञ्चयकाे लागि खानुपर्छ। खानकाे लागि खाद्यान हुनुपर्छ। खाद्यानकाे किन्नकाे लागि रूपैयाँकाे आवश्यकता पर्छ। रुपैयाँ कमाउनकाे लागि जागिर गर्नुपर्छ। काम गर्नुपर्छ। परिश्रम गर्नुपर्छ।

यही श्रृखंलालाई पुर्णविराम दिन मानिसहरु पसिना बगाउँछन्। भलै, पछिल्लाे समय प्रविधिले नयाँ अवसरहरू सिर्जना गरेकाे हाेस्। तर, दुःख गर्नैपर्छ।

मानिसहरू विभिन्न जागिर गरेर आफ्नाे पेट पाल्छन्। काेही शिक्षक बन्छन्। काेही डाक्टर बन्छन्। काेही वकिल बन्छन्। काेही प्रहरी बन्छन्। काेही इन्जिनियर बन्छन्। काेही कलाकार बन्छन्।

पेशाका विभिन्न क्षेत्रहरू छन्। यसअन्तर्गत काेही मानिसहरू भने आफ्नाे पेट पाल्नकाे लागि याैनकर्मलाई राेज्छन्। 

नेपालमा याैनकर्मलाई 'बेइजत'काे रुपमा लिइन्छ। तर युराेपका विभिन्न देशहरुमा भने याैनकर्म गर्नेहरुलाई पनि अन्य पेशाजस्तै सामान्य रुपमै लिएकाे पाइन्छ।

यहाँसम्म कि, बाह्य देशहरूमा युवतीहरूले आफ्नाे 'रेट' नै ताेकेर याैनकर्म गर्दै आएकाे पाइन्छ। यस पेशाकाे एउटा सत्य भनेकाे, काेही रहरले गर्छन् त काेही बाध्यताले।

सन् २०१९ मा 'दी पाथ' नामक एक म्यागाजिनले याैनकर्म गर्नेहरूकाे बारेमा विभिन्न अनुसन्धान सार्वजनिक गरेकाे थियाे। उक्त अनुसन्धानमा सबैभन्दा महंगाे र सबैभन्दा कम रेट भएका याैनकर्मीहरूकाे बारेमा विस्तृत जानकारी खुलाइएकाे छ।

उक्त अध्ययनलाई आधार मान्ने हाे भने,  सबैभन्दा महंगा रेट भएकाे युवतीहरू यी हुन्ः

१. क्यानिस 

क्यानिस विश्वमा सबैभन्दा महंगाे रकम लिने याैनकर्मी हुन्। उनले एक रातको ४० हजार डलर लिन्छिन्।

२. लौरेन

लौरेन पनि महंगाे रकम लिने यौनकर्मी हुन्। सामाजिक सञ्जालमा पनि उनकाे क्रेज लाेभलाग्दाे छ। उनकाे सुन्दरताले उनलाई नै याे पेशमा ठूलाे सहयाेग गरेकाे मानिन्छ। उनले एक रातको २४ हजार डलर लिने गरेकाे बताइएकाे छ।

३. नताली म्याक्लेन्नान

नताली म्याक्लेन्नानसँग याैनसम्बन्ध राख्न चाहने पुरूषहरूकाे लाइन पनि लामै पाइन्छ।  उनले एक रातको १६ हजार डलर लिँदै आएकी छन्।

४‍. अलिना पर्सिया

अलिना किशाेरी उमेरदेखि नै याैन पेशामा लागेकी थिइन्। १८ वर्षको उमेरमै याे पेशा सुरू गरेकी अलिनाले हाल एक रातको ८ हजार ८ सय डलर लिने गर्छिन्।

५. आभा सियान

आभा सियानले भने आफू बाध्य भएर यस पेशमा लाग्नुपरेकाे बताउँदै आएकी छन्।  चरम आर्थिक अभाव टार्न उनले याैनकर्म राेजेकाे म्यागाजिनमा उल्लेख गरिएकाे छ। एक रातको ६ हजार ५ सय डलर लिने गर्छिन्।

६. एमएस माया ब्लु

एमएस माया याैनकर्मै लागि विभिन्न देशहरूमा पुगिसकेकी छन्। उनलाई विभिन्न बाह्य देशका ग्राहकहरुले पनि सम्पर्क गर्छन्। उनले पनि विदेशी ग्राहकहरुसँग बढी रुची राखेकाे पाइन्छ। उनले एक रातको ४ हजार ५ सय डलर लिने गर्छिन्।

७. क्रिश्टेन

उनले ग्राहकहरुबाट एक रातकाे चार हजार ३ सय डलर लिँदै आएकी छन्। 

८. जस्ट कास्सान्द्रा

म्यागाजिनका अनुसार जस्ट कास्सान्द्रालाई सम्भाेगकाे लागि दैनिक दुई सयभन्दा बढी ग्राहकहरुले सम्पर्क गर्छन्। तर, जस्टले भने आफै ती ग्राहकहरुबाट छनाेट गर्छिन्। उनले पनि एक रातकाे ३ हजार डलर लिन्छिन्। 

प्रकाशित मिति: : 2021-09-23 21:11:00

प्रतिकृया दिनुहोस्