एक वर्षमा साढे १२०० बाकस, कोही अस्तुमा मात्र आउन सके

अनलाइनखबर

रवीन्द्र घिमिरे

गत शनिबार मध्यान्ह रुपन्देहीकी राधा ज्ञवाली आफ्नी छोरीसँगै उभिएर त्रिभुवन विमानस्थलको प्रस्थान कक्षसँगैको फलामे गेट (अतिरिक्ति)तर्फ एकटक हेरिरहेकी थिइन्। केही घण्टाको सकसपूर्ण प्रतिक्षापछि उनको हातमा प्रहरीले पत्रिकाले बेरिएको एउटा लाम्चो आकारको सानो बाकस थमाइ दिए, जसमा राधाका श्रीमान गणेशको अस्तुसंगै जलेका सपनाको खरानी पनि थियो।

‘कोरोना लागेर निको भइसकेँ, दशैंमा घर आउँछु’ भनेर फोन गरेका गणेशले मलेसियाकै अस्पतालमा प्राण त्याग्नुपर्‍यो। कोरोनाबाट मृत्यु भएकाले शव ल्याउन नमिलेपछि उतै जलाउन सहमति दिन राधालाई कर लाग्यो। शनिबार विदेशबाट ६ शव र १५ वटा अस्तु आइपुगेका थिए।

महामारीमा अहिले दैनिक औसतमा तीनजना नेपाली श्रमिकका शब र त्यसको दोब्बर अस्तु आइरहेका छन्। जीवन सुधार्ने सपना लिएर विदेश उडेका युवामध्ये कोही बाकसमा सिंगै त कोहीको अस्तु मात्र फर्किरहँदा सरकार भने यो अवस्थाप्रति संवेदनशील बनिरहेको छैन।

प्रकाशित मिति: : 2021-09-23 10:19:00

प्रतिकृया दिनुहोस्