आफ्नै आमा-बुबाविरुद्ध विजयले दर्ता गरे मुद्दा

दक्षिण भारतीय चलचित्र क्षेत्रका चर्चित अभिनेता थालापथी विजयले आफ्नै आमाबुबाविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन्।

आफ्नो नामको दुरुपयोग गरेको भन्दै उनले बाबुलाई मुद्दा हालेका हुन्। निर्देशकसमेत रहेका एसए चन्द्रशेखर र आमा शोभासहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

बाबु-आमाले आफू राजनीति आउन लागेको भ्रम फैलाएपछि विजयले मुद्दा हालेकाे बताइएकाे छ। एसए चन्द्रशेखरले छोरा राजनीतिमा आउन लागेको र पार्टीसमेत गठन गर्न लागेको बताएका थिए।

साथै उनका पिताले उद्घोष गर्दै पार्टीका सभापति पद्मनाभन, आमा कोषाध्यक्ष र आफू महासचिव रहेको दाबी पनि गरेका थिए।      

प्रकाशित मिति: : 2021-09-23 06:26:00

प्रतिकृया दिनुहोस्