अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रालाई मिल्यो जमानत 

बिएल संवाददाता

नयाँ दिल्ली
The New India Express
The New India Express

अश्लिल फिल्म मामिलामा जेल जीवन विताइरहेका बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् तथा व्यवसायी राज कुन्द्रालाई जमानत मिलेको छ। 

मुम्बई कोर्टले उनको जमानत निवेदनमा निर्णय गर्दै उनलाई ६० दिनपछि रिहा गर्न आदेश दिएको हो। अश्लील फिल्म बनाएको आरोपमा पक्राउ परेका उनी ५० हजार धरौटी तिरेर रिहा भएका हुन्।

राज कुन्द्राले गत शनिबार आफूलाई बलिको बोको बनाएको भन्दै मुम्बईको अदालतमा जमानतका लागि निवेदन दिएका थिए।

प्रकाशित मिति: : 2021-09-21 13:17:00

प्रतिकृया दिनुहोस्