मन्दिरा अधिकारी
लोकसेवा आयोगले नतिजा ननिकालेको भन्दै परीक्षार्थीहरुले प्रदर्शन गरेका छन्।
मगंलबार बिहान प्लेकार्डसहित उनीहरुले आयोग केन्द्रीय कार्यालयको मूलद्वार अगाडिे प्रदर्शन गरेका हुन्।

तीन दिनदेखि आन्दोलन गरेका उनीहरुले ‘अरुलाई न्याय गर्दा हामीलाई अन्याय किन?, ‘हामी यहाँ छौँ नतिजा कहाँ छ’, ‘सान्तना हैन न्याय चाहियो बाहाना हैन नतिजा चाहियो’ प्लेकार्डका साथ प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनमा उत्रिएका परीक्षार्थी सुदिप सापकोटाले बिएल नेपाली सेवासगँ भने, ‘परीक्षा सकिएको पाँचभित्र नतिजा प्रकाशन गर्नुपर्ने हुन्छ तर लोकसेवा आयोगले समायोजनको बाहाना बनाउदैँ नतिजा प्रकाशन गर्न ढिला गरेको छ। हामी लोकसेवालाई अभिभावक मान्छौँ लोकसेवाले पनि सन्तान सम्झेर नतिजा प्रकाशित गरेर भविष्य सुनिश्चित गर्नुप¥यो।’
जबसम्म लोकसेवा अयोगले नतिजा प्रकाशित गदैँन तबसम्म प्रदर्शन जारी रहने उनको भनाई छ।


‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया