शेयर बजारमा गिरावट

File photo
File photo

आज सोमबार शेयर बजारमा एक सय अंक माथिको पहिरो गएको छ। शेयर कारोबार मापक नेप्से परिसूचक घटेर २ हजार ७ सय तल झरेको छ।

नेप्से परिसूचक ११४ दशमलव ०२ अंकले घटेर २ हजार ६ सय ९८ दशमलव २४ अंकमा झरेको छ। सोमबार कारोबार रकममा पनि उल्लास देखिएन। साढे ८ अर्ब रुपैयाँ हाराहारीमा मात्रै कारोबार भएको छ।

सोमबार धेरै घट्नेमा फाइनान्स कम्पनीहरू देखिएका छन्। गुडबिल फाइनान्स, पोखरा फाइनान्स, आईसीएफसी फाइनान्स, प्रोगेशिभ फाइनान्स लगायतका कम्पनीहरूके शेयर मूल्य १० प्रतिशतले घटेके छ। 

जलविद्यतु्मा पनि जोशी हाइड्रोपावर कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ। यो कम्पनीको मूल्य १० प्रतिशतले गिरावट आएको हो। यसैगरी प्रोगेशिभ फाइनान्सको पनि मूल्य १० प्रतिशतले नै घटेको छ भने हिमालयन पावर पार्टनर, घलेम्दी हाइड्रो, माउन्टेन इनर्जी लगायतका कम्पनीको शेयर मूल्य पनि ठूलो अंकले घटेको छ।

प्रकाशित मिति: : 2021-09-20 16:03:00

प्रतिकृया दिनुहोस्