सुनिलको 'निर हो' सार्वजनिक [भिडियो]

भ्वाइस अफ नेपालका सुनिल थापा मगरको आवाजमा रहेको गीत 'निर हो'युट्युबमा सार्वजनिक भएको छ। गीतको भिडियोमा जि बि चिरण र सोनिया महत लगायतको अभिनय रहेको छ।

भ्वाइस अफ नेपालका सुनिल थापा मगरको आवाजमा समावेश गीतलाई गायक सुनिलकै अफिसियल युट्युब च्यानल बाट हेर्न सकिन्छ। गीतमा सुनिललाई स्वरमा सुजिता योञ्जनले साथ दिएकी छिन।

गीतमा शब्द संगीत किरण माइकल घिमिरेको रहेको छ भने सञ्जय हमालको संगीत संयोजन रहेको गीतलाई गोविन्द सोनीले मिक्सिङ मास्टरिङ्ग गरेका हुन।

भिडियोलाई निर्देशक शसान कंडेलको निर्देशन गरेका छन्। भिडियोमा बुद्ध लामा र दीपक गिरीको छांयाकन, विकास दाहालको सम्पादन रहेको छ ।   

प्रकाशित मिति: : 2021-09-20 15:12:00

प्रतिकृया दिनुहोस्