विपदमा परेकाको ज्यान जोगाउन उद्धारको 'रेखा' कोर्ने सशस्त्रका लक्ष्मणको कथा

पहिलोपोष्ट

काठमाडाैं

सविन ढकाल

नहरको किनारामा मानिसको भिड लागेको थियो। करिब सय जनाभन्दा बढी मानिस भेला भइसकेका थिए। सबै आफ्नै आफ्नै प्रयासमा जुटेका थिए। तर, कोही पनि सफल भएका थिएनन्। त्यहाँ बचाउने भन्दा हेर्नेकै भिड बढी थियो। कोही चाहेर पनि सामर्थ्य जुटाउन सकेका थिएनन्। कोही सामर्थ्य भएर पनि खुट्टा कमाइरहेका थिए।

लक्ष्मण भर्खरै बिदा सकेर गाउँ रौतहटको सन्तपुर फर्किएका थिए। कक्षा ९ मा पढ्ने एक बालक नहरमा पौडी खेल्ने क्रममा बगेका थिए। उनलाई नहरले बगायो भन्ने थियो। तर उनको न लास भेटिएको थियो नत सास नै। त्यही घटनाले मानिसहरु त्यहाँ जम्मा भएका थिए।

'तँ त प्रहरी होस्। तिमीहरूले ट्रेनिङ गरेका हुन्छौ। नहरमा गएर बचाउन सक्छौ।'

त्यही भीडमा पुगेका लक्ष्मणलाई कसैले भनिरहेको थियो। भिडबाट भनेको जस्तो तालिम लक्ष्मणले पाएका थिएनन्। भनाईमा एउटा सत्यता चाहिँ थियो - उनी सशस्त्र प्रहरी नै थिए।

भर्खरको पठ्ठो उमेर, त्यसमा पनि प्रहरीको तालिम गरेको जोशिलो अवस्था। झन् प्रहरी भन्दै समाजले पत्याएपछि लक्ष्मण पछि हट्ने कुरा भएन। भिडले केही हौस्यायो अनि कर्तव्यले पनि। त्यसपछि उनले बेगले बगिरहेको नहरमा बाँकटे हाने। लक्ष्मण राम्रो पौडीबाज थिए तर एउटा अनुभवी उद्धारकर्ता भने थिएनन्। पानीको बेगमा हराएका बालकलाई खोजी गर्न सहज थिएन। त्यही बेगले लक्ष्मणलाई पनि रिङ्ग्यायो।

प्रकाशित मिति: : 2021-09-20 12:07:00

प्रतिकृया दिनुहोस्