वेस्टर्न युनियनको दशैँ–तिहार ‘क्यास उत्सव’ 

बडा दशैं र तिहारको अवसरमा वेस्टर्न युनियनले नेपालमा ‘क्यास उत्सव’ प्रबद्र्धन योजना ल्याएको छ। उक्त उत्सवमा ग्राहकहरुले असोज १ देखि कार्तिक २५ गतेसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्र मार्फत नगद पुरस्कार जित्न सक्नेछन्।

यो प्रबद्र्धनमा सहभागी हुन नेपालमा रहेका वेस्टर्न युनियनका सात वटा मुख्य एजेन्टहरु–ए.टी.टी. रेमिट, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट , नबिल बैंक, डीजीटेक र सूर्य रेमिटबाट रकम प्राप्त गरेको हुनुपर्नेछ।

सम्पूर्ण योग्य कारोबार स्वचालित रुपमा साप्ताहिक ड्र मा समावेश हुनेछ। यो योजना अन्तर्गत हरेक हप्ता ५ जना भाग्यशाली विजेतालेरु. २०००० जित्नेछन्। यस बाहेक, प्रबद्र्धन अवधिभरि सम्पूर्ण योग्य कारोबारहरुस्वचालित रुपमा बम्पर लक्की ड्र मा समावेश हुनेछन्।

यस योजना असोज १ गतेबाट कार्तिक २५ गतेसम्म लागू गरिनेछ। यस योजनाको बम्पर लक्की ड्र मंसिर ६ गते गरिने छ। जसमा १ जना भाग्यशाली विजेताले जित्न सक्नुहुनेछ नगद रु ५ लाख। हरेक उपहार रकममा नेपाल सरकारको नियम बमोजिम २५ प्रतिशत कर कट्टा गरी भुक्तनी दिइने छ।

वेस्टर्न युनियनका दक्षिण एशियाका सिनियर कन्ट्री म्यानेजर एसएस रमानाथनले भने, ‘वेस्टर्न युनियलाई विगत दुई दशकभन्दा बढी समयदेखि ग्राहकहरुले कम्पनीप्रति देखाएको निष्ठा र विश्वासको प्रशंसा गर्दछौँ।

नेपाली प्रवासीहरुको मेहनत र बलिदानलाई कदर गर्दै घरमा भएका उनीहरुको प्रियजनहरुका लागि हामीले दशैंको ‘क्यासउत्सव’ प्रबद्र्धन ल्याउन पाउदा निकै उत्साहित छौँ। यो प्रबद्र्धन भनेको चाडपर्वको समयमा खुशी बाँड्दै हाम्रो ग्राहकहरुको लगनशिलता र परिश्रमलाई मान्यता दिने एउटा तरिका हो।’

प्रकाशित मिति: : 2021-09-19 18:11:00

प्रतिकृया दिनुहोस्