
बिएल संवाददाता
गत वर्षको पुष ५ गतेदेखि एमालेभित्र उत्पन्न भएको आन्तिरिक विवादलाई पूर्णविराम दिँदै माधव नेपालसहितका नेताहरुले बनाएकाे नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा ताेकिएकाे छ।
आलोकनगरस्थित तीनकुने पुल दक्षिणमा रहेको तीन तले घरलाई नेकपा (एस)काे केन्द्रीय कार्यालय तोकिएको हाे।
शुक्रबार बिहान पार्टी अध्यक्ष माधव नेपालले रिबन काटेर कार्यालयको औपचारिक उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रम बिहान ठीक १० बजे राखिए पनि नेताहरु तोकिएको समयमा कार्यालय पुग्न सकेनन्। जसको कारण उद्घाटन कार्यक्रम पनि केही ढीला गरी सुरु भएको थियो।
उद्घाटन कार्यक्रममा अध्यक्ष नेपालसहित वेदुराम भुसाल, राजेन्द्र पाण्डे, गंगा तुलाधर, विरोध खतिवडा, प्रेमबहादुर आलेलगायतका नेता तथा कार्यकर्ताहरु सहभागी थिए। कार्यालय अगाडिको सडकमा पनि नेकपा (एस)का सुभेच्छुकहरुको बाक्लै भीड थियो।
दाेस्राे तलामा नेपालकाे कार्यकक्ष
रिबन काटेपछि माधव नेपाल सिँढी चढेर सरासर उक्त कार्यालय (घर)को दाेस्राे तलामा पुगे, जहाँ उनको कार्यकक्ष बनाइएको छ।
उनीसँग अन्य केही नेता र पत्रकारहरु पनि तेस्रो तलामै पुगेका थिए। नेता नेपालले आफ्नै कार्यकक्षको कुर्सीमा बसेर पत्रकारहरुको विभिन्न प्रश्नहरुको जवाफ दिए। उनले आफ्नो पार्टीलाई 'क्षितिजमा उदाएको रातो तारा'को संज्ञासमेत दिए।
नेता नेपाल र पत्रकारहरुबीच सवाल-जवाफ चलेकाे करिब २० मिनेटपछि सुरक्षाकर्मीहरुले नेता नेपाल तत्कालै कतै निस्किहाल्नु पर्ने र समय नभएको भन्दै सबै कार्यकर्ता र पत्रकारहरुलाई बाहिरिन आग्रह गरे। सुरक्षाकर्मीहरुको अनुरोध अनुसार तेस्रो तलामा पुगेका विभिन्न कार्यकर्ता र पत्रकारहरु पनि एक एक गरी भुँइमा ओर्लिन थाले।
त्यसपछि पुण्य गाैतम झुल्किए
सबै तल झरिरहदाँ भने एउटा रोचक र रमाइलो क्षण बन्यो। कारण, पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल (आफूलाई पीएचडी होल्डर दावी गर्ने) पुन्य गौतम अनपेक्षित रुपमा त्यही झुल्किए।
भयो के भने, कार्यालय तोकिएको उक्त घरको गल्ली साँघुरो थियो। सिँढीमा एकैपटक धैरै जना तलमाथि गर्न मिल्दैन थियो। कार्यकर्ताहरु एक-एक गरी ओर्लिदै थिए। पत्रकारहरु पनि आफ्नो क्यामेरा जोगाउँदै तल झर्दै थिए।
सबै सिँढीबाट भुँइमा झरिरहेको बेला अचानक एक जना पात्र भने (हतारमा भए जसरी) दौड्दै सिँढीमा उक्लिएको देखिए। उनी यति हठातमा देखिन्थे कि, मानौ उनी कुनै इमर्जेन्सीमा छन्।
सिँढीमा तल झरिरहेका पत्रकारलाई उनले वास्तै गरेनन्। एउटा कमीज र त्यसको बाहिर ज्वारी, मुखमा मास्क भएको कारण उनलाई पनि कसैले वास्तै गरेन। बरु धक्का दिँदै उनी सरासर माधव नेपालको कार्यकक्षमा पुगे।
कार्यकक्षमा प्रवेश गर्दा उनले मास्क खोलेपछि भने सबै एकछिन शान्त भए। उनी थिए पुन्य गौतम। उनलाई देखेपछि वरिपरीका सबै मुकदर्शक बनेर उनलाई एकहोरो हेरिरहे।
गौतम पनि सिधैँ माधव नेपाल बसिरहेको कुर्सी नजिक पुगे। र नेता नेपालको घाँटीमा खादा लगाइदिँदै भने, 'लौ बधाई छ कमरेड, तपाईको पार्टी सधैँ फलोस्, फुलोस्।'
उनले नेता नेपालसँग केही फोटोहरु पनि खिचाए। फोटो खिचाइसकेपछि फेरि उनले मुखमा मास्क लगाउँदै भुँइमा झरे।
भुँइमा झरेपछि उनले बिएल नेपालीसँग यस्तो भनेका छन्ः
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया