रामचन्द्र न्यौपाने
हिमाली जिल्ला डोल्पाका युवाहरुले बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी सिबराम गेलाललाई ज्ञापनपत्र बुझाएका छन्।
निजि विमान सेवा प्रदायक कम्पनीहरुले नेपालगञ्ज–डोल्पाको हवाई भाडा चर्को उठाउँदै आएकाले भाडा समायोजनको माग गर्दै युवाहरुले ज्ञापनपत्र बुझाएका हुन्।
शुक्रबार बिद्यार्थी नेता रेखामान बुढाको नेतृत्वमा गएको डोल्पाली युवाहरुको समुहले जिल्ला प्रशासन कार्यालय बाँकेमै पुगेर ज्ञापनपत्र बुझाएका हुन्।
डोल्पासम्म दर्जनौं ठाउँमा गाडी परिवतर्न गर्नुपर्ने कच्ची सडक पुगेपनि भरपर्दो यातायातको साधन हवाई माध्यामनै भएकाले दुर्गमका नागरिकको बाध्यात्मक अवस्थाको फाईदा उठाउँदै एयरलाइन्सहरुले चर्को भाडा उठाइरहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
यस अघि डोल्पा–नेपालगञ्ज र नेपालगञ्ज–डोल्पाको भाडा पाँच हजार तीनसय मात्रै भएपनि गरेतापनि दोस्रो चरणको कोरोना कहरपछि आन्तरिक उडान खुलेसँगै विना सूचना मनोमानी रुपमा नेपालगञ्ज–डोल्पाको साविकको भाडा बडाएर आठ हजार पाँच सय पु-याइएको युवाहरुको गुनासो छ।
दुई चार जना आर्थिक हिसाबले मजबुद व्यक्ति बाहेक आम डोल्पाली नागरिकले बडेको भाडा तिर्न नसक्ने भएकाले तुरुन्त भाडा घटाएर पुरानै भाडा कायम गर्न ज्ञापनपत्रमार्फत माग गरिएको छ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ गेलालले भाडा घटाउन आफु सकारात्मक रहेकाले एक हप्ताभित्रै पहल गर्ने आश्वासन दिएको युवाहरुले बताए। डोल्पा–नेपालगञ्जको हवाई भाडा भने पाँच हजार तीन सय नै कायम छ।
डोल्पाको जुफाल एयरपोर्टमा तारा, समिटलगायतका एयरलाइन्सले नियमित उडान गर्दै आएका छन्।

बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया