रामचन्द्र न्यौपाने
                                हिमाली जिल्ला डोल्पाका युवाहरुले बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी सिबराम गेलाललाई ज्ञापनपत्र बुझाएका छन्।
निजि विमान सेवा प्रदायक कम्पनीहरुले नेपालगञ्ज–डोल्पाको हवाई भाडा चर्को उठाउँदै आएकाले भाडा समायोजनको माग गर्दै युवाहरुले ज्ञापनपत्र बुझाएका हुन्।
शुक्रबार बिद्यार्थी नेता रेखामान बुढाको नेतृत्वमा गएको डोल्पाली युवाहरुको समुहले जिल्ला प्रशासन कार्यालय बाँकेमै पुगेर ज्ञापनपत्र बुझाएका हुन्।
डोल्पासम्म दर्जनौं ठाउँमा गाडी परिवतर्न गर्नुपर्ने कच्ची सडक पुगेपनि भरपर्दो यातायातको साधन हवाई माध्यामनै भएकाले दुर्गमका नागरिकको बाध्यात्मक अवस्थाको फाईदा उठाउँदै एयरलाइन्सहरुले चर्को भाडा उठाइरहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
यस अघि डोल्पा–नेपालगञ्ज र नेपालगञ्ज–डोल्पाको भाडा पाँच हजार तीनसय मात्रै भएपनि गरेतापनि दोस्रो चरणको कोरोना कहरपछि आन्तरिक उडान खुलेसँगै विना सूचना मनोमानी रुपमा नेपालगञ्ज–डोल्पाको साविकको भाडा बडाएर आठ हजार पाँच सय पु-याइएको युवाहरुको गुनासो छ।
दुई चार जना आर्थिक हिसाबले मजबुद व्यक्ति बाहेक आम डोल्पाली नागरिकले बडेको भाडा तिर्न नसक्ने भएकाले तुरुन्त भाडा घटाएर पुरानै भाडा कायम गर्न ज्ञापनपत्रमार्फत माग गरिएको छ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ गेलालले भाडा घटाउन आफु सकारात्मक रहेकाले एक हप्ताभित्रै पहल गर्ने आश्वासन दिएको युवाहरुले बताए। डोल्पा–नेपालगञ्जको हवाई भाडा भने पाँच हजार तीन सय नै कायम छ।
डोल्पाको जुफाल एयरपोर्टमा तारा, समिटलगायतका एयरलाइन्सले नियमित उडान गर्दै आएका छन्।

                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया