स्वस्थ शरीरका लागि अपनाउनुहोस् यी टिप्स !

Theurbanhousewife.com
Theurbanhousewife.com

स्वच्छ र हल्का महसुस गर्न को चाहँदैन होला र। यदि स्वस्थ मन र सन्तुलित शरीर पाउने हो भने सकारात्मक रहन जरुरी छ। त्यसैले आफूलाई स्वस्थ राख्न अपनाउनुहोस् यी टिप्स !

 ध्यान र वाफ स्नान 
केही समय ध्यान गरेर आफ्नो मन, शरीर र आत्मालाई आराम दिनुहोस्। हरेक हप्ता वाफ स्नान गर्ने प्रयास गर्नुहोस्। यसले तपाईंको नाक सफा गर्छ र तपाईंको शरीरबाट सबै विषाक्त पदार्थ बाहिर निकाल्छ।

चिनी र नरिवलको तेल लेप्नु
चिनी र नरिवलको तेल लेप्नुको अलावा तपाईंले पनि सुक्खा ब्रुस गर्नु महत्त्वपूर्ण छ। यसले तपाईंको शरीरको रक्तसञ्चारमा सुधार गर्नुका साथै मृत छालाको सेललाई पनि राहत दिन्छ। तपाईंले यसो गर्दा तपाईंले सुक्खा र प्राकृतिक फाइबर ब्रुस गर्नुपर्छ। 

प्रशस्त सुत्नुहोस्
आजकल ल्यापटप, फोन वा कुनै पनि स्क्रिनमा बस्ने मानिसलाई निद्राबाट वञ्चित हुनु भनेको के हो भन्ने कुरा राम्ररी थाह छ। यदि हाम्रो शरीरले पर्याप्त आराम पाउँदैन भने यसले हामीलाई नकारात्मक असर गर्छ। 

काम गर्नुहोस्
दिनभर एकै ठाउँमा बस्नुपनि रामैो मानिदैँन्। समय समयमा सर्नुपर्छ, हिँड्नपर्छ। यसले तपाईंको तौललाई नियन्त्रणमा राख्न मात्र मद्दत गर्दैन तर रक्तसञ्चारलाई पनि स्वस्थ राख्छ। तनावबाट छुटकारा दिलाउँछ र तपाईंलाई सक्रिय राख्छ।

जैविक खाद्य पदार्थ
शरीरभित्रको फोहोर सफा गर्नका लागि स्वस्थ खाना खानु जरुरी छ। जसकारण शरीर पनि स्वस्थ रहन्छ।

हरियो चियारहर्बल चिया
तनाव कम गर्न चाहानुहुन्छ भने शरीरको लागि हरियो चिया र जडीबुटीको चिया आवश्यक छ। यसमा एन्टिअक्सिडेन्ट हुन्छ, सेवन गर्दा धेरै क्यालोरी कम गर्नुका साथै तनाव कम गर्न पनि मद्दत गर्छ।

पानीको सेवन
पानी पिउनु महत्वपूर्ण कुरा हो, किनकि यसले शरीरमा सही तरिकाले काम गर्छ, विषाक्त पदार्थबाट छुटकारा दिलाउँछ, तपाईंको छालालाई चम्किलो राख्छ र पाचनलाई कायम राख्न मद्दत गर्छ।

प्रकाशित मिति: : 2021-09-19 10:55:00

प्रतिकृया दिनुहोस्