इन्डोनेसियाका ‘मोस्ट वान्टेड’ आतंकवादी प्रहरी इन्काउन्टरमा मारिए

DETIK.COM

इन्डोनेसियाका ‘मोस्ट वान्टेड’ चरमपन्थी अली कलोरा प्रहरी इन्काउन्टरमा मारिएका छन्।

पूर्वी इन्डोनेसिया मुजाहिदका मुख्य नेता उनी सुरक्षा बलको ‘मोस्ट वान्टेड’ सूचीमा थिए। 

मध्य सुलावेसी प्रान्तमा चरमपन्थीविरूद्धको अभियानमा क्रममा कलोरा पहाडस्थित जङ्गली क्षेत्रमा मारिएका हुन्। 

सुरक्षा फौजसँगको मुठभेडमा उनीसहित अर्का अतिवादी लडाकू जाका रमजान पनि मारिएको प्रहरी प्रमुख फरीद कमरुखले जनाएका छन्।

कलोरा सन् २०१४ देखि स्लामिक स्टेटसँग जोडिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित मिति: : 2021-09-19 09:53:00

प्रतिकृया दिनुहोस्