संसद किन सहन्न एमाले?

आयोमेल

काठमाडौँ

धैर्यकान्त दत्त

दुई पटकको विघटनपछि पुनर्जीवित भएको प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध छ। भदौ २३ गतेदेखि सुरू भएको प्रतिनिधिसभाको ९ औं अधिवेशन प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण गतिलिन सकिरहेको छैन।

एमालेको अवरोधकैबीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक पेश त गरे। तर, पारित हुन सकेको छैन। केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न पेश भएको विनियोजन विधेयक पास हुन नसकेपछि इतिहासमै पहिलोपटक सरकारको खर्च रोकिएको छ।

यसका साथै अघिल्लो सरकारले नै ल्याएका महत्वपूर्ण अध्यादेशरू प्रतिनिधिसभामा पेश भए। तर, पारित नभएपछि ती अध्यादेशरूसँग सम्बन्धित विषयमा कानुनी शून्यता सिर्जना भएको छ।

हुनत सरकारले दूरदर्शीता अपनाउन नसकेकोले पनि बजेटसहित महत्वपूर्ण अध्यादेशरू अलपत्र पर्ने अवस्था आएको हो। साउन ३ गतेदेखि सुरू भएको आठौं अधिवेशनको पहिलो बैठकमा सर्वोच्च अदालतको परमादेशपछि प्रधानमन्त्री नियुक्त भएको शेरबहादुर देउवाले विश्वासको मत लिए।

त्यसयता प्रतिनिधिसभाको ९ वटा बैठक बस्यो। तर, सरकारले न बजेटबारे केही निर्णय गर्‍यो न महत्वपूर्ण अध्यादेशरू नै पास गर्नतर्फ चासो देखायो।

 

प्रकाशित मिति: : 2021-09-17 20:48:00

प्रतिकृया दिनुहोस्