हाम्रोजस्तो देशमा नयाँ आविष्कार हुनु लगभग असम्भव हो: उत्तमबाबु श्रेष्ठ (अन्तर्वार्ता)

नेपाल खबर

काठमाडौँ

 

यज्ञराज जोशी

 

डा.उत्तम बाबु श्रेष्ठले अमेरिकाको युनिभर्सिटी अफम्यासेचुसेट्सबाट वातावरण विज्ञानमा विद्यावारिधि गरेका हुन्।

डेढ दशक जर्मनी, अमेरिका, अस्ट्रेलियाका विभिन्न विश्वविद्यालयमा वैज्ञानिक अध्ययन-अनुसन्धान गरेका श्रेष्ठले नेपाल फर्केर अनुसन्धानात्मक संस्था ‘ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्प्लिनरी स्टडिज्’ सञ्चालन गरिरहेका छन्। सँगसँगै वैज्ञानिक अनुसन्धान र लेखनलाई अघि बढाइरहेका छन्।

उनै डा. श्रेष्ठसँग आज(असोज १ गते) विज्ञान दिवसका सन्दर्भमा नेपालमा विज्ञान क्षेत्रको अवस्था, हासिल उपलब्धि, यसका नीतिगत व्यवस्था,लगानीको अवस्थालगायत विविध पक्षबारे नेपालखबरले कुराकानी गरेको छ- 

नेपालमा पछिल्लो ७-८ वर्षयता असोज १ लाई विज्ञान दिवस भनेर मनाउने गरिएको छ। यसको महत्व र सान्दर्भिकता कस्तो देख्नुहुन्छ?
नेपालमा तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईको पालाबाट विं.स २०६९ देखि विज्ञान दिवस मनाउन थालिएको हो। विज्ञान प्राकृतिक विषयमात्रै पढाइने हुने नेपालको पहिलो क्याम्पस अमृत साइन्स क्याम्पस स्थापना भएको मिति असोज १ गते पारेर राष्ट्रिय विज्ञान दिवस मनाउन थालिएको हो। हाम्रो जस्तो विज्ञानमा पछि परेको, वैज्ञानिक चेतनाको कमी भएको देशमा यस्ता दिवसले जनमानसमा र राजनीतिक नेतृत्वतहमा विज्ञान र प्रविधिबारे जनचेतना जगाउन सहयोग गर्छ।

प्रकाशित मिति: : 2021-09-17 18:19:00

प्रतिकृया दिनुहोस्