नछुनू हेर पुतली, आँखामा ‘सापु’ लाग्दछ...

विशन क्षेत्री

२ वर्षे बालक रोइरहेका थिए । बन्द आँखाको चेपबाट आँसु बगिरहेको थियो । बच्चा रोएको देखेर आडैमा रहेकी आमाको पनि आँसु थामिएन । बच्चाको आँखा हेर्न खोजिरहेका चिकित्सक नतमस्तक बने । दुधे बालकको आँखा जँचाउन आएकी आमा र बिरामी छोराको यो कारुणिक दृश्य हिमालय आँखा अस्पतालको हो ।

हिमालय आँखा अस्पतालले आँखामा लाग्ने रोगको निदान गर्दछ । पछि चिकित्सकले भने, “बच्चाको आँखाको नानीमा झुस भरिएको छ ।”

अहिले पोखराका सार्वजनिक, सरकारी कार्यालयदेखि निजी क्षेत्रका कार्यालय, घरका भित्तादेखि बिजुलीका पोल यत्रतत्र रुपमा सेतो पुतलीको बिगबिगी देखिन्छ ।

त्यही सेतो पुतलीको झुस ती बालकको आँखामा परेको थियो । 

यही पुतलीकै कारण आँखाको ज्योती नै सदाका लागि गुम्न सक्ने  भएका कारण यसलाई सापु (सिजनल हाइपरएक्युट पन्युवाइटिस (एसएचएपीयू–सापु) भनेर चिनिएको छ ।

प्रकाशित मिति: : 2021-09-17 17:38:00

प्रतिकृया दिनुहोस्