बिएल संवाददाता
नेकपा (एमाले)बाट अलग्गिएर माधव नेपालसहितका नेताहरुले निर्माण गरेको नयाँ दल नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आज (शुक्रबार) अपौचारिक रूपमा सुरू भएकाे छ।
नयाँ बानेश्वरस्थित आलोकनगर (तीनकुने पुल दक्षिण)मा रहेको एक घरमा केन्द्रीय कार्यालय तोकिएको हो। पार्टी अध्यक्ष नेपालले रिबन काटेर कार्यालयको उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा अध्यक्ष नेपालसहित वेदुराम भुसाल, राजेन्द्र पाण्डे, गंगा तुलाधर, विरोध खतिवडा, प्रेमबहादुर आले लगायतका नेताहरूको उपस्थिति थियो।

कार्यालय तोकिएको उक्त घरकी मालिक भने पुजा थापा बस्नेत हुन्। पार्टीले घरमालिक बस्नेतलाई मासिक रुपमा तीन लाख २५ हजार भाडा तिर्नेगरी सम्झौता भएको प्रेम आलेले जानकारी दिए।
यस्तो छ कार्यालयको संरचना
तीनकुने पुलनजिकै रहेको उक्त घर तीन तलाको छ। घरकाे अन्तिम फ्लोरमा दायाँपट्टी बाहिरै 'रिसेप्शन'काे बनावटजस्तै एउटा कुर्सी र टेबल राखिएको छ। त्यसको छेवैमा रहेको एउटा कोठालाई कार्यालय सचिवको कार्यकक्ष तोकिएको छ।

दोस्रो तलामा तीन वटा कोठालाई प्राथमिकताको रुपमा प्रयोग गरिएको छ। जसमध्ये दायाँको कोठालाई बैठक कक्ष तोकिएको छ। यस कोठामा एउटा ठूलो राउन्ड टेबलसहित केही कुर्सीहरु राखिएका छन्।

त्यस्तै बायाँको कोठालाई वरिष्ठ नेता झलनाथ खनालको कार्यकक्ष तोकिएको छ। यस कोठाको भित्ताहरुमा वाल पेन्टिङ पेपर टाँसिएको छ। जसले कोठाको सुन्दरता थपेको छ। नेता खनालको लागि एउटा कुर्सी र टेबल सजाइएको छ। सामुन्नेमा करिब चार जना अट्ने एउटा सोफा पनि छ। त्यस्तै खनला कुर्सीमा बस्दा बायाँ पर्नेगरी एउटा दराज राखिएको छ।

यस कोठाको ठीक अगाडि सचिवालय प्रमुखको कार्यकक्ष तोकिएको छ। यस कोठामा पनि एउटा कुर्सी र टेबलसहित करिब पाँच जना अट्ने सोफा छ।

घरको तेस्रो तलामा पार्टी अध्यक्ष माधव नेपालको कार्यकक्ष राखिएको छ। यस कोठामा एउटा कुर्सी र दुई (एउटा सानो, एउटा ठूलो) महंगो टेबल राखिएका छन्। नेता नेपालको बायाँ र सामुन्ने पर्ने गरी दुई भव्य सोफा राखिएको छ। जहाँ ८ जना सजिलै बस्न सक्छन्।

उक्त कोठाकै बायाँपट्टी अध्यक्षको सचिवालयको कार्यकक्ष तोकिएको छ।

यसरी उक्त घरमा जम्मा १५ वटा कोठा छन्। ती मध्ये ११ वटा कोठा प्रयोगमा आइसकेका छन् भने बाँकी कोठाहरुमा पनि विभिन्न प्रयोजनको लागि प्रयोग हुने बताइएको छ।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया