१४ सयले घट्यो सुनको मूल्य

File photo
File photo

आज (शुक्रबार) नेपाली बजारमा सुन-चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १४ सय र चाँदी ३० रुपैयाँले घटेको हो।

आज छापवाला सुन प्रतितोला १४ सय रुपैयाँले घटेर ८९ हजार १ सय रुपैयाँ कायम भएको छ। बिहीबार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज तेजावी सुन ८८ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी, आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर एक हजार १७० रुपैयाँ कायम भएको छ बिहीबार चाँदी प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: : 2021-09-17 11:51:00

प्रतिकृया दिनुहोस्