सेयर बजारमा भारी गिरावट

File photo
File photo

आज सेयर बजारमा भारी गिरावट देखिएको छ। कारोबार खुलेको साढे २ घण्टा बित्दा सेयर कारोबार मापक नेप्से परिसूचक ९०.५७ अंकले घटेको छ। नेप्से परिसूचक ९०.५७ अंकले घटेर २७९८.४७ विन्दुमा झरेको छ। यता सेन्सेटिभ परिसूचक पनि १५.२५ अंकले घटेर ५२३.२६ विन्दुमा पुगेको छ।

यो समाचार तयार पार्दासम्म एक करोड एक लाख ८५ हजार २६ कित्ता सेयर खरिदबिक्री भएको छ भने ५ अर्ब ७८ करोड ९९ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ।

१३ वटा उपसमूहको सेयरमूल्यमा गिरावट आइरहेको छ।

 
प्रकाशित मिति: : 2021-09-16 13:46:00

प्रतिकृया दिनुहोस्