रोकिएन उत्तर कोरियाको आणविक होड, फेरि व्यालेष्टिक मिसाइल प्रहार

Photo - orissapost
Photo - orissapost

उत्तर कोरियाले दुई ओटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। उत्तर कोरियाले पूर्वी सागरमा ती मिसाइल प्रहार गरेको दक्षिण कोरियाले पुष्टि गरेको छ। यसअघि दक्षिण कोरियाले पूर्वी सागरमा एउटा अपरिचित प्रोजेक्टाइल खसेको जनाएको थियो।

जापानको तटीय गार्डले पनि उत्तरले ब्यालेष्टिक मिसाइल प्रहार गरेको जनाएको छ। उत्तर कोरियाको पछिल्लो परीक्षणले प्योङयाङमाथि आणविक गतिविधि नियन्त्रण गर्ने राष्ट्रसंघको संकल्प प्रस्ताव उल्लंघन गरेको छ।

केही दिनअघि मात्र उत्तर कोरियाले लामो दूरीको क्रुज मिसाइल परीक्षण गरेको थियो। सो मिसाइल जापानको अधिकांश भू–भागमा पुग्ने क्षमता राख्थो।

सो क्रुज मिसाइलमा आणविक हतियार राख्न मिल्ने विज्ञहरुले बताएका छन्। राष्ट्रसंघको सुरक्षा परिषद्ले क्रुज मिसाइल परीक्षणमा भने प्रतिबन्ध लगाएको छैन। एजेन्सी

प्रकाशित मिति: : 2021-09-15 12:18:00

प्रतिकृया दिनुहोस्