बिएल संवाददाता
वैज्ञानिकहरुले तापक्रम विश्वव्यापी रुपमा बढ्दो क्रममा रहेको बताएका छन्। वैज्ञानिकहरुले पहिलेको तुलनामा विश्वका विभिन्न स्थानमा तापक्रममा बृद्धि भएको बताएका हुन्। तापक्रम बृद्धिले मानव स्वास्थ्यमा नै गम्भिर चुनौती थपेको उनीहरुको भनाई छ।
सन् १९८० पछि ५० डिग्री सेल्सिय भन्दाबढी तातो हुने दिन हरेक दशक बढिरहेको छ। सन् १९८० देखि सन् २००९ को अवधिमा औषतमा एक वर्षमा ५० डिग्री वा सो भन्दा बढी तापक्रम पुग्ने दिनको संख्या १४ रहेको थियो। तर, सन् २०१० देखि सन् २०१९ को अवधिमा यो संख्या २६ पुगेको छ। यो अवधिमा ४५ डिग्री र यो भन्दामाथिको तापक्रम वर्षमा ३१ दिन पुगेको छ।
‘तापक्रम वृद्धिको मुख्य कारक कोइला र ग्यास हो,’ युनिर्भसिटी अफ अक्सफोर्डका वातावरण परिवर्तसम्बन्धी सहनिर्देशक डा. फ्रेडराइक ओटो भन्छन्। सम्पूर्ण पृथ्वी नै तातेपछि तापक्रम बृद्धि सामान्य मानिन थालिएको छ।
उच्च ताप मानिस र प्रकृतिका लागि घातक मानिन्छ। यसले मानिसबाहेक भौतिक संरचना, सडक र उर्जा प्रणालीमा नै असर गर्छ। मध्यपूर्व र खाडी मुलुकमा सामान्यतया ५० डिग्री सेल्सिय तापक्रम हुन्छ। इटाली र क्यानडामा अहिलेसम्मकै तापक्रम बृद्धिपछि जुनसुकै दिन ५० डिग्री सेल्सिय माथिको तापक्रम जहाँसुकै हुन सक्ने वैज्ञानिकहरुले जनाएका छन्।एजेन्सी
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया