पेस्की अध्यादेश आउँदैन : अर्थमन्त्री शर्मा

सरकारले पेस्की अध्यादेश नल्याउने स्पष्ट पारेको छ। अर्थमन्त्री जनार्दन शर्माले भने पेस्की अध्यादेश नआउने स्पष्ट पारेका हुन्।

एमालेको अवरोधका बीच पनि अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक संसदमा पेस भए पनि पारित हुने अवस्था नभएपछि पेस्की बजेट आउने अनुमान गरिएकाे थियाे।

मंगलबार संसद बैठकमा सहभागी भएर बाहिरिने क्रममा मन्त्री शर्माले सदन चलिरहेकाले अध्यादेश नआउने बताए। कर उठाउने विशेष व्यवस्था रहेको भन्दै उनले पेस्की अध्यादेश नल्याउने बताए।

एमाले सांसदहरूको नाराबाजीले प्रतिनिधिसभा बैठक प्रभावित हुँदै आएको छ। मंगलबार पनि एमाले सांसदहरूको नाराबाजी चल्यो। तर, सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूचीमा प्रवेश गराएको बैठकले विनियोजन विधेयकलाई स्वीकृत गरेको छ। 

प्रकाशित मिति: : 2021-09-14 13:54:00

प्रतिकृया दिनुहोस्