आजको बजार भाउ:- सुनचाँदीको मूल्यमा स्थिरता

नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्यमा स्थिरता छाएको छ।

सोमबार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ६ सय रहेको थियो। आज पनि त्यहि मूल्य अर्थात ९० हजार ६ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसैगरी आज प्रतितोला तेजावी सुनको मूल्य ९० हजार १ सय रहेको छ।

सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्यमा पनि स्थिरता छाएको छ। सोमबार चाँदीको मूल्य १ हजार २ सय रहेकोमा आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको छ।
 

प्रकाशित मिति: : 2021-09-14 11:28:00

प्रतिकृया दिनुहोस्