राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

तस्बिर : न्युज कारखाना
तस्बिर : न्युज कारखाना

राष्ट्रिय वाणिज्य बैंकको ८ दशमलव ५ प्रतिशत आरबीबीएल डिबेन्चर २०८३ नामको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचीकृत भएको छ।

सोमबार बैंक र नेप्सेबीचको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र नेप्सेका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयालले हस्ताक्षर गरेका छन्।

बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदरको कुल दुई अर्ब ५० करोड रुपैयाँ (२५ लाख कित्ता)मूल्य बराबरको ऋणपत्र गत २८ जेठदेखि ८ असारसम्म बिक्री गरेको थियो। यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ।

उक्त सम्झौतापत्र आदानप्रदान कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृतद्वय सरस्वती अधिकारी र देवेन्द्ररमण खनाल, विभागीय प्रमुख पवन रेग्मी, नेपाल स्टक एक्सचेञ्जका प्रविन पन्दाक, भेषलराज खनाल, आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेल लगायत कर्मचारीहरूकोे उपस्थिति थियो। 

प्रकाशित मिति: : 2021-09-14 11:09:00

प्रतिकृया दिनुहोस्