‘समावेशितामा कांग्रेस आफ्नै पाइला मेट्दैछ’

सेतोपाटी

शन्न पोखरेल

गाउँदेखि सहरसम्म नेपाली कांग्रेसले वडा अधिवेशन गरिरहेका बेला सानेपास्थित केन्द्रीय कार्यालय भने धर्ना र अनसन भइरहेका छन्।

५६ जिल्लामा वडा अधिवेशन गरेको कांग्रेसले २१ जिल्लामा असोज ५ गतेसम्म अधिवेशन गर्दैछ। वडाहरूमा अधिवेशन चले पनि पार्टी कार्यालयमा भने तीन वटा समूह धर्नामा छ।

रौतहट कांग्रेसले क्रियाशील सदस्यता विवाद मिलाउन ५४ दिनदेखि धर्ना जारी राखे पनि उनीहरूका माग सुनुवाइ भएका छैनन्। धर्ना बसेकालाई नेताहरूले भेटघाट गरे पनि समस्या समाधान गर्न ठोस पहल गरिएको छैन।

एक सातादेखि कार्यालयको मूल ढोकाको दुबै छेउतिर दुइटा समूहका धर्ना थपिएका छन्।

राष्ट्रिय लोकतान्त्रिक अपांग संघ केन्द्रीय समिति र नेपाल दलित संघ काठमाडौं, ललितपुर र भक्तपुरले संयुक्त रूपमा धर्ना दिइरहेका छन्।

प्रकाशित मिति: : 2021-09-14 10:37:00

प्रतिकृया दिनुहोस्