स्वीडेनका दम्पत्तीलाई सन्तानको नाम 'भ्लादिमर पुटिन' राख्न प्रतिबन्ध

आफ्नो सन्तानको नाम नयाँ र अनौठो होस भन्ने प्रायः अभिभावकको चाहना हुन्छ।

यस्तै अनौठो नाम दर्ता गर्न कार्यलय पुगेका स्वीडेनका एक दम्पत्तीलाई भने प्रतिबन्ध लगाइएको छ। नवजात शिशुको नाम भ्लादिमर पुटिन राख्न खोजेपछि  कर कार्यलयका अधिकारीहरुले उनीहरुलाई रोक लगाएका हुन्।

प्रस्तावित नाम रसियाली राष्ट्रपतिको नामसँग जुध्ने भएकोले त्यसको विकल्प रोज्न कर अधिकारीहरुले अनुरोध गरेका थिए। रसियाका राष्ट्रपतिको नाम पनि भ्लादिमिर पुटिन हो।

स्विडेमा अपमानजनक वा अस्वभाविक सुनिने नाम राख्न रोक छ। प्रतिवन्धपछि दक्षिणी स्विडेनका ती अभिभावकलाई अर्काे नाम ल्याउन कार्यलयले अनुरोध गरेको थियो। 

यसअघि कर कार्यलयले अल्लाह, फोर्ड, मिसेल ज्याक्सन, पिल्जनर, क्यू एन्ड टोकन जस्ता नाम अस्वीकार गरेको थियो।

नामको विषयलाई लिएर स्वीडेनमा बारम्बार विवाद हुने गर्छ। यसअघि एक अभिभावकले आफ्नो सन्तानको नाम गुगल राखेका थिए। तर, कार्यलयले सो नामको बिरोध गरेन  आफ्ना सन्तानको नाम राख्ने मामिलामा स्विडेनका अभिभावक ‘चुजी’ छन्। लुकास, लियाम , विलियम , एलिस, ओलिभिया अभिभावकले सर्वाधिक रुचाइएका नाम हुन्। 

प्रकाशित मिति: : 2021-09-14 10:27:00

प्रतिकृया दिनुहोस्