क्वूक-यूङ य्वेन् र जोसेफ श्रियल मलिक पेरिसले प्राप्त गरे 'भविष्य विज्ञान पुरस्कार'

हङकङका वैज्ञानिकहरु क्वूक-यूङ य्वेन् र जोसेफ श्रियल मलिक पेरिसले जीवन विज्ञानतर्फ चाइनाको नोबेल पुरस्कार भनेर चिनिने 'भविष्य विज्ञान पुरस्कार' प्राप्त गरेका छन। 

शनिबार घोषण गरीएको सो पुरस्कार उनीहरुलाई कोभिड-१९ सम्बन्धि खोजका साथै महामारीसंग पुर्याएको सहयोगका लागि प्रधान गरिएको हो। 

आइतबारको पत्रकार सम्मेलनमा पुरस्कारका समिक्षक वाङ स्याओ डङ्गले चिनिया वैज्ञानिकहरुले कोभिड-१९ महामारी नियन्त्रनमा पुर्याएको योगदानका कारण छिट्टै अलग पहिचान दिन सफल हुने बताए। 

चिनिया संचार माध्यम ग्लोबल टाइम्ससंगको कुराकानीमा य्वेनले सो पुरस्कार चीनको मात्र नभएर विश्वकै महत्वपूर्ण पुरस्कार भएकाले आफु पुरस्कारको हकदार हुँदा खुशी लागेको बताए।

उनीहरुले गरेको खोजका कारण मान्छेले कोभिड-१९ प्रतिको बुझाईलाई असर पार्यो भन्ने प्रश्नको उत्तर दिदै य्वेनले भने, '२००५ मा हाम्रो टोलीले पत्ता लगाएको थियो कि सार्स एक खास प्रजातिको चमेराबाट उत्पन्न भएको थियो। सोही प्रकृतिको कोरोना भाइरस-२ अर्थात कोभिड-१९को कारक भाइरस पनि चमेरा हुँदै अरु स्तनधारी जनावर हुँदै मान्छेमा सरेको भन्ने हाम्रो बुझाई हो।'

कोरोना भाइरस-२ ले मान्छे र चमेरा दुबैका पेटका अंगहरुमा सहज रुपमा प्रतिलिपि बनाउन सक्ने भएकाले थप प्रमाण पुग्ने बताउदैं उनले भने, 'तर दुई रोगहरुमा एउटा खास भिन्नता छ, रोगको गम्भीरता, संक्रमण बिनाको रोगीको संख्या र भाइरसको शारीरिक प्रतिक्रियालाई दबाउने क्षमता फरक छन्।'

निजी श्रोतबाट सञ्चालित वैज्ञानिक र उद्यमीहरुद्वारा २०१६ मा स्थापना गरिएको भविष्य विज्ञान पुरस्कार विश्वव्यापी रुपमा दीर्घकालीन असर पुर्याउने खोज र अनुसन्धानलाई केन्द्रित गरेर दिने गरिन्छ। जीवन विज्ञान, भौतिक विज्ञान, र गणित तथा कम्प्यूटर विज्ञान गरेर तीन क्षेत्रमा दिइने उक्त पुरस्कार राशी दस लाख अमेरिकी डलर रहेको छ। 


 

 

 

 

प्रकाशित मिति: : 2021-09-13 20:33:00

प्रतिकृया दिनुहोस्