प्रहरीको आधारभूत तालिममै त्रुटि

शिलापत्र

काठमाडौँ

नेपाल प्रहरीले सञ्चालन गरिरहेको पोस्ट ग्रयाजुएट डिप्लोमा इन पुलिस साइन्स (पीजीडीपीएस) काेर्सबारे समीक्षा गर्न प्रहरी एकेडेमीमा २०७१ मा एउटा छलफल राखियो।

उक्त छलफलमा तनहुँको दमौलीमा भएको प्रदर्शन रोक्न खटिएका एक जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को भूमिकाबारे अनपेक्षित प्रसंग उठ्यो।

फिल्डमा खटिएका ती कमाण्डर आन्दोलन हुँदा स्थितिलाई काबुमा राख्नुको सट्टा बर्दी खोलेर सिभिल पोशाकमा सुरक्षित स्थानतिर गएको चर्चा उक्त बैठकमा भएको थियो।

पीजीडीपीएस काेर्स गरेका प्रहरी अधिकृत फिल्डमा कमजोर देखिएको भन्दै तत्कालीन गण्डकी अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी केदारमानसिंह भण्डारीले छलफलमा यो उदाहरण पेस गरेका थिए।

पीजीडीपीएस काेर्स गरेका केही प्रहरी अधिकृतको फिल्डमा कमजोर कार्यसम्पादन देखिएको भन्दै यो तालिमको डिजाइनमै खोट औँल्याउँदै सुधार गर्नुपर्ने बहस प्रहरीभित्र लामो समयदेखि उठ्ने र सेलाउने हुँदै आएको छ। 

प्रकाशित मिति: : 2021-09-13 10:30:00

प्रतिकृया दिनुहोस्