साताको पहिलो दिन घट्यो सुनचाँदीको मूल्य

File photo
File photo

आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ।

गत कारोबार दिन शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ७ सय रहेको थियो। आज तोलामा सुनको मूल्य ४ सयले गिरावट आइ प्रतितोला सुन ९० हजार ३ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज आज तेजावी सुनको मूल्य ८९ हजार ८ सय रहेको छ।

महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार प्रतितोला चाँदीको मूल्य २० रुपैयाँले गिरावट आएको छ। शुक्रबार प्रतितोला चाँदीको मूल्य १२ सय १५ रहेको थियो भने आज मूल्य गिरावट आइ १ हजार १ सय ९५ रहेको छ।

प्रकाशित मिति: : 2021-09-12 11:39:00

प्रतिकृया दिनुहोस्