श्रीलङ्कामा खाद्यान्न हाहाकार, अत्यावश्यक सामग्री किन्न पसलमा मानिसको भीड

बिएल संवाददाता

कोलम्बो, श्रीलङ्का
Photo: thehindu.com
Photo: thehindu.com

दक्षिण एशियाली मुलुक श्रीलंकामा खाद्यन्न अभाव देखिएको छ। अभावका कारण अधिकांश सहरका पसलमा अत्याबश्यक सामाग्री किन्नेहरुको भिड बढेकाे छ। आपूर्ति नहुँदा केही सहरमा खाद्यन्न हाहाकार देखिएको छ। कोभिड नियन्त्रण गर्न भन्दै सरकारले कडा लकडाउन गरेपछि यस्तो समस्या देखिएको हो।

सरकारद्वारा सञ्चालित सुपरमार्केटमा नगन्य खाद्य समाग्री राखिएको छ भने अधिकांश डिपार्टमेन्ट रित्तै छन्। देशमा खाद्यन्न सामाग्री अभाव नभएको र सञ्चारमाध्यमले अनावश्यक त्रास सृजना गरेको सरकारले दाबी गरेको छ। 

केही महिनाअघि सरकारले आपतकाल घोषणा गरेको थियो। विदेशी सटहीमा संकटबीच केही समयअगाडि श्रीलंकाको केन्द्रीय वैंकका प्रमुखले राजीनामा दिएका थिए। 

के गर्दैछ सरकार ?

यही ३० अगस्टमा राष्ट्रपति गोताबाय राजापाक्षेले अत्यावश्यक सामाग्रीको आपूर्तीमा कडाई गरेका थिए। सर्वसाधरणले अस्वभाविक रुपमा खाद्यन्न भण्डारण गर्दा बजारमुल्य अस्वभाविक बढेको भन्दै सरकारले सो कदम चालेको थियो। 

आर्थिक संकटका कारण श्रीलंकामा विभिन्न समस्या देखिएका छन्। केही वर्ष अघिसम्म श्रीलंकाको अर्थतन्त्र दक्षिण एशियामा नै मजबुत थियो। सन् २०१९ मा विश्व वैंकले उसलाई मझौला आम्दानी हुने देशको सूचीमा राखेकोे थियो। 

तर, अहिले देशमा ऋणभार बढेको छ। कोभिडका कारण उद्योगधन्दा र कलकारखाना सञ्चालनमा अबरोध हुँदा राज्यलाई अर्बौ नोक्शानी भएको छ भने लाखौं मजदुर बेरोजगार बनेका छन्। पछिल्ला महिना चिनी, प्याज, दाललगायतका खाद्यन्नको मुल्य बृद्धि भएको छ। 

प्रकाशित मिति: : 2021-09-12 10:50:00

प्रतिकृया दिनुहोस्