आमा, म आमा नभए हुन्न!

सेतोपाटी

पुष्पा बसेल

जब पहिलो रजस्वला भएको दिन आमा राेइन्। १४ वर्षकै उमेरमा आमाका आमा र परिवारले अब आमा हुनुपर्छ भनेर विवाह गरेर पठाइदिए त्याे दिन आमा राेइन्।

जब विवाहपछि पनि धेरै वर्ष आमा आमा हुन सकिनन्। आमाकी सासू आमाका तिखा वचन र कचकचले आमा राेइन्।

अनि..मेरी आमा आमा नहुँदासम्म पनि आमा बुवाकाे याद, माइतीघर र मामाका सम्झना यता एकछाक खान र एक सराे लगाउन दु:खले राेइन् बुढाकाे पिटाइ सासूआमाकाे कचकच र समाजकाे हेपाइले राेइन्।

एक्कासि आमा गर्भवती भएकाे दिन मेरी आमा झन् बेस्सरी राेइन्।

यस्ता हजाराैं पटक पटक-पटक आमा राेइरहिन् आमाका आँखाहरू भिजिरहे...।

र,

एउटी छाेरी म जन्मे

अनि मेरी आमा, आमा भइन्।

तै पनि उनका आँखा भिज्न छाडेनन् उनी रून छाडिनन्।

म जन्मेकाे दिन त आमा झन् धेरै राेइन्। अलिकति बच्चा जन्मँदाकाे पीडाले राेइन् त्यही माथि छाेरी जन्माएकाे चिन्तनले राेइन्। आफू पहिलाे पटक आमा भएकाे खुसीले झन् मज्जाले राेइन्।

अझै,

कतिबेला मलाई  दूध चुसाउन नपाएर त कतिबेला दूध चुसाउन पाएर राेइन्, कहिले म भाेकै हुँदा त कहिले आफू भाेकै भएर राेइन्। म बिरामी हुँदा, अनि उनी नसक्ने हुँदा राेइन्। जीवनमा पहिलाे दिन मलाई स्कुल भर्ना गर्दा राेइन्। मैले पहिलाे पटक आमाकाे नाम लेख्न जानेकाे दिन राेइन् बस् आमा राेइरहिन्।

प्रकाशित मिति: : 2021-09-11 12:24:00

प्रतिकृया दिनुहोस्