सुनचाँदीको मूल्य सामान्य वृद्धि

File photo
File photo

शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

बिहीबार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ६ सय रहेको थियो। भने आज सुनको मूल्य तोलामा १ सयले वृद्धि भइ प्रतितोला ९० हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी आज प्रतितोला तेजावी सुनको मूल्य ९० हजार २ सय रहेको छ।

बिहीबारको तुलनामा शुक्रबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि भएको छ। महासंघका अनुसार बिहीबार चाँदीको मूल्य १ हजार २ सय १० रहेकोमा आज मूल्य वृद्धि भइ १ हजार २ सय १५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: : 2021-09-10 11:20:00

प्रतिकृया दिनुहोस्