तीज: ‘परम्परा’को अन्ध अनुसरण कि नारी सशक्तीकरण ?

अनलाइनखबर

रमेश गौतम

कोरोनाको कहरबीच चाड-पर्वहरू शुरु भएका छन्। तीजको रौनक शुरु भएको छ। संसारभर लाखौंको ज्यान लिएको कोरोना महामारीले पोहोर जस्तै यो साल पनि पर्वका उत्सवबाट रङ्गहरू खोसेको छ। आफ्नो नजिकको परिवारका सदस्य गुमाउनेका लागि यी पर्व नुन-चुक भएर आउने छन्। आशा गरौं- अरूहरूका लागि पर्वको गतिशीलताले आफ्ना अनेक पीडाहरू बिर्सन मद्दत गर्नेछ।

विशेषगरी हिन्दू नारीहरूको पर्वका रूपमा मनाइने तीजले नेपाली समाजमा अनेक प्रकारका बहसलाई समेत जन्म दिएको छ। यस्ता बहसहरू तीज मनाइने अरू ठाउँहरूमा पनि हुने गरेका छन्। तर तीजले प्रत्येक वर्ष लिएर आउने रौनक हेर्दा विविध बहसबीच पनि यसको ‘लोकप्रियता’ बढिरहेको आभास हुन्छ।

नेपाली समाजमा तीजको संस्कृतिसँग जोडिएको एउटा साधारण पौराणिक कथा प्रचलित छ। यो कथाले भन्छ- सत्ययुगमा हिमालयकी छोरी भगवती पार्वतीले भगवान् महादेवलाई पतिको रूपमा पाऊँ भनी हरितालिका तीजको कठिन व्रत बसेकी थिइन्। यस व्रतपछि पार्वतीको प्रेम र समर्पणबाट प्रभावित भएका महादेवले उनलाई पत्नीको रूपमा स्वीकारे।

प्रकाशित मिति: : 2021-09-09 08:35:00

प्रतिकृया दिनुहोस्